निजगढ – चन्द्रनिगाहपुर सडकमा सवारी दुर्घटना

स्थानिय समाचार

84 Views
bus accident in rauthat nijgadh
Photo source : Google

पूर्व पश्चिम राजमार्ग अन्तर्गत निजगढ चन्द्रनिगाहपुरको धन्सर पुल नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान विराटनगरबाट काठमाण्डौंका लागी छुटेको ना ५ ख २७२ नम्बरको अग्नी बसले धन्सर पुल छेउमा रोकेर राखेको ना ४ ख १०५९ नम्बरको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

तीब्र गतिमा रहेको सो बसले ठक्कर दिदा बसमा यात्रारत रामेछाप चिसापानी २ की २७ वर्षकी मिना तामाङको मृत्यु भएको प्रहरी नायब उपरिक्षक मनोज यादवले बताए ।

सात जना घाइते भएका छन् । अत्याधिक कुहिरोको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।