निजगढमा प्रि- होली कन्सर्ट हुदै

स्थानिय समाचार

171 Views
 गत साल झै यो बर्ष पनि निजगढमा प्रि- होली कन्सर्ट हुदै २ हुदै छ । युथ  अफ निजगढको आयोजनामा प्रि–होली कन्र्सट २०७२ आयोजना हुने भएको छ ।
यस वर्ष पनि फागुन २९ गते आयोजना हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुले प्रस्तुति दिने आयोजक संस्थाका उपाध्यक्ष उत्सब श्रेष्ठले निजगढ डट कमलाई बताए  ।
कार्यक्रममा चर्चित गायक सुगम पोखरेल, गायिका ज्योती थापा मगर, कमल क्षत्री, र  स्थानिय व्यान्डको प्रस्तुती रहने श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम सफल पार्न आयोजकले सबैसंग सहयोगका लागि अनुरोध गरेको छ । कार्यक्रम निजगढ गौरी शंकर उ.मा.वि मा हुदै छ । 
Nijgadh Pre holi concert sugam pokharel jyoti magar