खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न ६ लाख खर्च | फितालो ब्यवस्थापन, नगरवासीको सहभागीता न्यून

स्थानिय समाचार

48 Views

nijgadh nagarpalika kula disha mukta gosana   घोषणा सभाको गतिविधी नियाल्दाः

 

 

जीतलाल श्रेष्ठjitlal shrestha nijgadh bara tv online journalist

निजगढ, ०५ फागुन ।

 

 

 

 

निजगढ नगरपालिकालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न करिब ६ लाख रकम खर्च भएको निजगढ नगरपालिकाले जनाएको छ ।

सोमवार घोषणा सभाको आयोजना गरि निजगढ नगरपालिका प्रदेश नं. २ कैं पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषण गरिएपनि स्थानीय नगरवासीको खासै उत्साहजनक सहभागिता भने, सो सभामा भएन् ।

निजगढ नगरपालिका, जिल्ला खानेपानी कार्यालय बारा, जिल्ला विकास समिति बारा र सम्बन्धित विभिन्न निकाय, संघ संस्थाको फितलो ब्यवस्थापनका कारण खुल्ला दिशामुक्त क्षेत्र घोषणा सभामा स्थानीयको खासै सहभागी नभएको हो ।

कार्यक्रममा अधिकांश राजनीतिक दल, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको बाक्लो उपस्थिती देखिएपनि खासै नगरवासीको सहभागीता भने, निक्कै न्यून रह्यो । स्थानीय केही विद्यालयका विद्यार्थीहरुको संहभागीताले कार्यक्रम केहीबेर केही बाक्लो देखिएपनि कार्यक्रम मध्यान्तर सम्म आई पुग्दा बढीमा दुई÷ तीन सयको सिमित संख्या मात्र कार्यक्रमस्थलमा थियो ।

शुरुमा नैं स्थानीय नगरवासीको उपस्थित निक्कै न्यून र भएकाहरुपनि घट्दै गएपछि कार्यक्रमका विशिष्ठ अतिथि मध्येकी सभासद् मधु शाही ठकुरीले मन्तब्यका क्रममा मञ्चबाटै कार्यक्रम ब्यवस्थापकलाई सुझाव दिएकी थिईन् । बढीमा उपस्थित ७ सय त्यस माथि पनि धमाधम फर्कने क्रम निरन्तर जारी भएपछि कतिपय अतिथि समेत कार्यक्रम नसकिदै मञ्चबाट बाहिरीएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि माननिय खानेपानी तथा सरसफाई मन्त्रि प्रेमबहादुर सिंह आफ्नो सम्बोधन पुरा गरि कार्यक्रमस्थलबाट बाहिरीए लगतै केहीबेरमा मञ्च नैं सुनसानमय बनेको थियो । अब्यवस्थित र फितालो ब्यवस्थापन प्रचारका कारण नगरवासीहरुको उत्साहजनक सहभागिता नभएको अधिकांशको भनाई छ ।

प्रदेश नं. २ कैं पहिलो खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएपनि अधिकांश नगरवासीलाई थाहा छैन् । यो घोषणा सभामा स्वःस्फूत रुपमा नगरवासी आफैं कार्यक्रममा सहभागी हुन आतुर हुने गरि सभाको ब्यवस्थापन, प्रचार प्रसार गर्नु पर्ने हो । तर् किन ? गरिएन् । अधिकांश निजगढबासीको भनाई छ ।

केही वर्ष अघि यहा क्याम्पस भवन निर्माणका लागि महायज्ञ सञ्चालन गर्दा एक साता सम्म निजगढबासी महायज्ञमा खटिएका थिए । त्यसताका बजार, ब्यापार सम्म सुनसान थियो । अर्थात् महायज्ञमय निजगढ थियो । तर् यत्रो ठुलो अर्थात प्रदेश नं. २ कैं पहिलो खुल्ला दिशामुक्त घोषणा सभाको कार्यक्रममा किन ? स्थानीयको चासो देखिएन् । नगरवासीको चासो नभएको हो की, आयोजक, प्रचार, प्रसार, ब्यवस्थापन गर्ने, गराउनेको त्रुटी, कमजोरी भन्नेहरु प्रशस्तै छन् ।

कार्यक्रममा सहभागी हुन आएका अधिकांश विद्यार्थी, स्थानीयहरु कार्यक्रमको अघि र मध्यान्तरमा नैं आफ्नो गन्तब्य तर्फ धमाधम फर्किएपछि कार्यक्रमस्थल प्रायः सुनशान थियो । यता कार्यक्रम आयोजक निजगढ नगरपालिका, जिल्ला खानेपानी कार्यालय बारा सहित केही संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु दर्शक नभएका नाटक घरमा सिकारु कलाकारहरु नाटक मञ्चन गरि रहेका झैं देखिन्थें ।

एक आपसमा कदर पत्र र मायाको चिनो प्रदान गर्दाको दृश्य झनै् उदेक लाग्दो त देखिन्थे. नैं । आफैले आफैलाई सम्मान गरेको प्रष्ट्न्थ्यिो । अतिथि सत्कार सहित खानापिनाको लागि निजगढका दुई वटा होटल बिहानैदेखि बुकिङ्ग गरिएको थियो । होटलमा देखिएको बाक्लो उपस्थिती चहलपहलको आधारमा कार्यक्रमस्थलमा स्थानीयको सहभागिता निक्कै उत्कासहजनक, बाक्लो अनि भब्य हुन्छ नैं जस्तो देखिन्थ्यो । तर् त्यस दिनको परिमाण भने, त्यसको ठिक उल्टो र उदेक लाग्दो देखिन्थ्यो । आफुले आफैलाई हस्ती ठान्नेहरुले आयोजना गरेको कार्यक्रमको यो अविगतले बा“की रहेका १५÷२० जना दर्शकहरुले पनि एक अर्कामा कार्यक्रमको बारे खिसी उडाई रहेका थिए ।

तर् कार्यक्रमको शुरुमा कूल सबै मिलाएर बढी भन्दा बढी ५ सयदेखि ७ सय संख्या देखिन्थ्यो । यसरी प्रदेश नं. २ कैं खुल्ला दिशामुक्त क्षेत्र घोषणा सभा कार्यक्रममा स्थानीयको उल्लेखिय उपस्थिती गर्न गराउन नसक्नु आयोजक निजगढ नगरपालिकाको ठुलो कमजोरी रहेको घटना क्रमले प्रष्ट्याएको छ । जसका कारण घोषणा सभा कार्यक्रम फितलो र अब्यवस्थित देखिएको थियो भने, सामेवार गरिएको घोषणा सभाको अब्यवस्थित तामझाममा त्यस दिनको खर्च कम्तिमा पनि १ लाख भएको बुझिएको छ ।