प्रतिक्षा नैं प्रतिक्षालयको बस्ती भरतगञ्जसिगौंल

स्थानिय समाचार

62 Views

bharatganj singual pratikshyanagari

 

 
jitlal shrestha nijgadh bara tv online journalist

जीतलाल श्रेष्ठ

निजगढ, ०५ माघ ।

प्रतिक्षा नैं प्रतिक्षालयको बस्ती भनेर निजगढ नगरपािलकाको भरतगञ्जसिगौंललाई चिनिएको छ । यहा“को ३ वटा वडामा गरि ६ भन्दा बढी सार्वजनिक प्रतिक्षालय छन् ।

सार्वजनिक, सामाजिक, सामुहिक बहस, छलफल गर्नुपर्दा धेरै जसो यहा“को प्रतिक्षालयमा नैं बसेर गर्ने परिपाटी छ । त्यती मात्र होईन् । गा“उघर, बस्तीमा भएका विवाद, घटना बारेपनि पहिले पायक पर्ने स्थानमा रहेको सार्वजनिक प्रतिक्षालयमा सबै बसेर कुराकानी, छलफल गर्ने गर्छन् । जस्ले गर्दा वडा, बस्तीमा के भई रहेको छ । सार्वजनिक, सामाजिक विषय बस्तु , घटनाका बारे स्थानीय धेरैले थाहा पाउने गर्छन् ।

यहा“ रहेका काठे वा पक्की अधिकांश प्रतिक्षालयहरु सिंचाईका लागि लगिएको कुलो माथि बनाईएको छ । जसले हेर्दा अनौठो, रमाईलो मात्र होईन् । प्रतिक्षालयले ओगट्ने जमीनको समेत सही सदुपयोग भएको छ । मानवबस्ती बढ्दो, जमीन घट्दो अवस्थामा झनै यहा“का प्रतिक्षालय निर्माणका बेला ठा“उ चयन वैज्ञानिक ढंगबाट गरिएको समेत देखिन्छ ।

चुरे फेदमा नैं रहेको यस बस्तीले भौगोलिक परिचय समेत बोकेको छ । अधिकांश प्रतिक्षालयमा पंखा र केहीमा टेलिभिजन समेत राखिएको छ । जसले गर्दा गर्मीमा शितलता र टेलिभिजनमा प्रसारण हुने विविध गतिविधी, समाचार लगायतका विषयमा स्थानीयले हेर्न बुझ्न जान्न सक्छन् । स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी, गा“उलेहरुको सहयोगमा यहा“का प्रतिक्षालयहरु निर्माण भएको स्थानीय समाजसेवी निर्माल केसीले बताए । ‘सबैले सक्दो सहयोग गरेका छन्’ अर्का युवा समाजसेवी केशव ढोडारीले भने ।

‘धेरै जसो सामाजिक, सार्वजनिक छलफल सार्वजनिक प्रतिक्षालयमा नैं भेला भएर गर्छाैं’ —अर्का वृद्ध समाजसेवी ओमबहादुर भण्डारीले थपें । ‘कसै माथि थिचोमिचो गरेका विषय, विवाद लगायतका विषय बस्तुका छलफल पनि प्रायः प्रतिक्षालयमा नैं भेला भएर गर्छन्’—अमिरीलाल चौधरीले भने । काठे प्रतिक्षालय बनाउन एक लाखदेखि डेढ दुई लाख सम्म खर्च भएको छ । पक्की भने, दुई तीन लाख सम्म खर्च भएको छ ।

काठे प्रतिक्षालय बनाउन आवश्यक काठ सामुदायिक वन, राष्ट्रिय वन क्षेत्रबाट ल्याएका हुन् । प्रतिक्षालयकै नमुनाबस्तीको रुपमा भरतगञ्जसिगौंल रहेका छ । आर्कषक, जमीनको सदुपयोग गरेर यहाको अधिकांश प्रतिक्षालयहरु बनाईएको निजगढ नगरपालिका संयुक्त वडा कार्यालय भरतगञ्जसिगौंलका वडा सचिव सोमसिंह लामाले बताए । सार्वजनिक प्रतिक्षालयको संरक्षणमा स्थानीयको साथ साथै नगरपालिका पनि लाग्ने लामाले बताए ।