The unknown band nijgadh concert at valentine day

द अननोन ब्याडले ‘भ्यालेनटाईन डे’ मा नचाए तन्नेरीहरुलाई

स्थानिय समाचार

131 Views

 

The unknown band nijgadh concert at valentine day
The unknown band nijgadh concert at valentine day

jitlal shrestha nijgadh bara tv online journalist

जीतलाल श्रेष्ठ

निजगढ, ०२ फागुन ।

निजगढका तन्नेरीहरुले आईतवार ‘भ्यालेनटाईन डे’ अर्थात ‘प्रेम दिवस’ मनाएका छन् । स्थानीय द अननोन ब्याण्डले आयोजना गरेको सास्कृितक कार्यक्रममा उनीहरुले भरपूर्ण मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको उद्घाटनपछि विधिवत रुपमा आयोजकले कार्यक्रम शुरु भएको बताउदै विभिन्न नेपाली चर्चित गीतहरु प्रस्तुत गरेका थिए । द अननोन ब्याण्डले ‘खादै नखाको विषले ज्यूदै मार्यो, लेककी हे माया, शायद तिम्रो बाटोमा’ बोलको चर्चित गीत प्रस्तुत गर्दा तन्नेरी दर्शकहरुले कलाकारलाई साथ दिदै गाउदै नाचेका थिए ।

एक दर्जन गीत प्रस्तुत गर्ने योजनाका साथ ब्याण्ड अघि बढेपनि समय अभावले अन्य गीत स्थगित गर्नु परेको ब्याण्ड मेनेजर सोमसिंह लामाले जानकारी दिए । ब्याण्डका तर्फबाट गायक अमृत मोक्तान, लिड गिटार राजकुमार तामाङ्ग, रिदम गिटार राजेश शाही, वेस गिटार सोमसिंह लामा, ड्रम रोशन खड्गीले सम्हालेका थिए ।

कार्यक्रमको शूरुमा स्थानीय कलाकारहरु सुभाष तिमल्सिना, सुनिता जिम्वा, दिलिप श्रेष्ठ, शन्नि श्रेष्ठ, रोहन सिंह, अनिश तामाङ्गले म्यूजिक ट्र¥याकमा एक दर्जन गीत प्रस्तु गरेका थिए ।

इन्दिप कोइरालाले डिजेद्धारा विभिन्न नेपाली, हिन्दी, पप गीतलाई प्रस्तुत गर्दै दर्शकलाई भरपूर्ण मनोरञ्जन दिर्दै नचाए । कार्यक्रमको प्रमुख अतिथि स्थानीय संगीतकर्मी एंव सञ्चारकर्मी जीतलाल श्रेष्ठ रहेका थिए । विशिष्ठ अतिथिमा ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक गुरु प्रसाद तिम्सिना, सशस्त्र प्रहरी सुरक्षा वेसका डिएसपी निरकांर शुक्ल रहेका थिए । प्रमुख अतिथि श्रेष्ठ र विशिष्ठ अतिथि तिम्सिना र शुक्लले संयुक्त रुपमा कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमलाई सभ्य र ब्यभ्यताका साथ सम्पन्न गर्न, गराउन वक्ताहरुले जोड दिर्दै अग्रज कलाकारलाई सम्मान गर्न पनि सुझाए ।

स्थानिय कला, संस्कृति, गीत, संगीतको विकासका लागि स्थानीय रुपमा स्थानीयर निकाय निजगढ नगरपालिकाले महत्व नदिएको बताउदै त्यसका लागि दिर्घाकालिन सोंचका साथ कलाकर्मीहरु नैं अघि नबढ्नु पर्ने प्रमुख अतिथि श्रेष्ठको भनाई थियो । उनले आफ्नै शब्द, संगीतको ‘छाती भरि मायालु माया सा“चेर, भेट्न आउदैछु तिमीलाई हङ्गकङ्ग छोडेर’ बोलका गीत गाउदा उपस्थित तन्नेरीहरु झुमेका थिए । कार्यक्रम उद्घोषक रवि थापाले गरेका थिए । सो कार्यक्रम निजगढ उद्योग वाणिज्य संघको सभाहलमा गरिएको थियो ।