You are here
Home > स्थानिय समाचार > वन कर्मचारी प्रहरी निष्क्रिय गिरोह सक्रिय

वन कर्मचारी प्रहरी निष्क्रिय गिरोह सक्रिय

37 Views

taskari wood at bara nepal

jitlal shrestha nijgadh bara tv online journalist

जीतलाल श्रेष्ठ

निजगढ, ०९ फाल्गुन ।

वनको रक्षा गर्न खटिएका कर्मचारीको निष्क्रियताका कारण केही साता यताबाट निजगढ र आसपासको वन क्षेत्रमा विनास बढेको छ । लामो तराई बन्दसंगै यहा पनि ग्यास अभावका कारण अधिकांश स्थानीयहरु दाउरा बाल्न विवश छन् । पेशेवर दाउरेहरु हरियो सालको लाथ्रा काटी मंहगो मुल्यमा दाउरा बिक्री गर्न पल्केपछि यहाको वन क्षेत्र विनासको चपेटामा परेको हो । दिउसै साईकलमा हरियो लाथ्रा काटेर ल्याउदा सम्मपनि वन रक्षक, सशस्त्र वन रक्षक र सामुदायिक वन समुहका पदाधिकारीहरु पनि देखें नदेखें जस्तै गरि बस्ने गरेका छन् । जसले गर्दा उनीहरुको मनोवल बढेको हो । निजगढ स्थित सेक्टर वन, इलाका वन कार्यालय नजिकैको राजमार्गबाट यसरी लाथ्रा काटेर ल्याउदा सम्म पन वन कर्मचारी मौन बस्दै आएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी समेत यस बारे देखें नदेखें झै गर्छन् । रोक्न अधिकांश सामुदायिक वन समुहका पदाधिकारी पनि वास्ता गर्दैनन् । सामुदायिक वन समुह आसपासका नाकाबाट यसरी हरियो लाथ्राको दाउरा लैजाने गरेपनि उनीहरु पनि चुपचाप बस्ने गर्छन् । वन कर्मचारीको गस्ती कम हुदै गएपछि पेशेवर काठ, गोलाई तस्कर समेत वन क्षेत्रमा निर्वाध पस्दै रुख काट्ने गरेका छन् । जिल्लाको निजगढ, रतनपुरी, भरतगञ्जसिगौंल, टागियाबस्ती, १३, १४, १५ किलोमिटर आसपासको वन क्षेत्रमा रुख कटान भएको छ । संलग्नको पहिचान र पक्राउ गर्न चासो नदिदा पुरानै शैलीमा चोर तस्करको समुहले साल प्रजातीका हरियो रुख ढाल्दै तस्करी गरि रहेका छन् । वन कर्मचारीको निष्क्रियता बढी रहदा प्रहरीले आक्कल झुक्कल गोलाई बरामद् गरेका छन् । जुन चोरी, तस्करको परिमाण अनुसार ज्यादै न्यून परिमाण मात्र छ । करिब दुई महिना अघि निजगढ नगरपालिका ११ रतनपुरीस्थित ईटा भट्टा नजिकै पूर्वटोलको बस्तीबाट छुट्टा छुट्टै समयमा ८ थान सालको गोलाई र करिब २ सय क्यूफिट बरावरको चिरान काठ र गोलाई बरावद गर्यो । त्यसको तीन साता पनि नबित्दै रतनपुरी लालको राधाकृष्ण सामुदायिक वन क्षेत्रमा ४ र नजिकैको राष्ट्रिय वनमा २ वटा गरि ६ वटा हरियो सालको रुख काटिएको फेला पर्यो । तस्करले केही थान गोलाई लगेपनि जस मध्ये ११ थान गोलाई सामुदायिक वन समुह र वन कार्यालयले नियन्त्रणमा लिन सफल भए । तर् संलग्न चोर तस्करको पहिचान र नियन्त्रण गर्न न त सामुदायिक वन समुह, न त वन कर्मचारी अनि प्रहरी प्रशासन नैं अहिले सम्मपनि सक्रिय छन् । जिल्ला वन कार्यालयका प्रमुख एंव डिएफओ बाहेक सबै कर्मचारीलाई अहिले वन संरक्षणका लागि रासन सुविधा समेत बढाएको छ । तर् वन संरक्षण भने, उपलब्धि मुलक हुन सकि रहेको छैन् ।

 

Top