बाराको वन क्षेत्र साघुरिदै, वन क्षेत्र अतिक्रमण बढ्दै

0
15

वन क्षेत्रको जमीन किनबेच गर्ने गिरोह सक्रिय, राज्य मौन

ratanpur damberpur nijgadh bara nepal

जीतलाल श्रेष्ठ

निजगढ, १७ फागुुन ।

Advertisement in Post

‘रोग लाग्नु भन्दा रोग लाग्न नदिनु बेस । यदी लागी हाल्यो भने, पनि बेलैमा उपचार थालि हाल्नु जाती’ भन्ने उखानले अहिले सम्म बाराको वनलाई छोएको छैन् । यहा विघौं विघा वन क्षेत्र अतिक्रमण गरिएको वर्षौ भयो । अहिले सम्म वन क्षेत्र फर्काउन राज्यको ध्यान गएको छैन् ।

बाराको साविक गाविस रतनपुरी हाल निजगढ नगरपालिका १३ डमरपुरमा वनको जमीन बिक्री गर्ने गिरोह सक्रिय छन् ।

चुरे फेदस्थित जिल्ला वन कार्यालय बाराको राष््िटय वन क्षेत्रको यो विघौं विघा वन क्षेत्र माओवादी द्धन्दकाल ताका हरियो रुख काट्दै अतिक्रमण गरिएको थियो । जुन डमरपुर र भक्तलाल बिचमा पर्छ । यहा वन क्षेत्रको जमीन कब्जा जमाउदै किनबेच गर्ने गिरोह वर्षौदेखि सक्रिय रहदै आएपनि सम्बन्धित निकाय जिल्ला वन कार्यालय बारा र मातहतका निकाय बेखवर बन्दै आई रहेका छन् ।

अझै् उस्तै परे वन कर्मचारीहरु नैं ति गिरोहसंग मिल्ने गरेको बुझिएको छ । माओवादी द्धन्द्ध कालमा गाउँलेहरुले जंगल फडानी गरी वस्ती वसाल्दै खेती गर्न थालेपछि यहाको राष्ट्रिय वन क्षेत्र अतिक्रमण भएको हो । द्धन्द्धकालमा वन कर्मचारी, वन गस्ती टोली गाउँ र जंगल पस्न नसकेपछि अतिक्रमणले बढोत्तरी पाएको थियो ।

तर् अहिले शान्तिकाल आएको एक दशक बित्नै लागेपनि वन क्षेत्रको अतिक्रमित जमीन वनमा नैं फर्काउन जिल्ला वन कार्यालय बारा, जिल्ला सुरक्षा समिति, जिल्ला प्रहरी प्रशासन, र वन मन्त्रालय अहिले सम्म लागेका छैनन् ।

जसका कारण यसरी वर्षौदेखि वन क्षेत्र हड्प्दै बस्ती बाक्लिदै र किनबेच भई रहेको छ । यहाका केही हर्ताकर्ता भन्नेहरुले नैं वनको जग्गा हड्प्ने अनि किनबेच गर्ने गरेका छन् ।

रतनपुरी गाविस हालको निजगढ नगरपालिकाको भक्तलाल र डमरपुरमा मात्र करिव ५० विघा भन्दा बढी जंगल अतिक्रमण गरि निर्वाध घर टहरा वनाई खेती गरि रहेका छन् । यहा वन क्षेत्र अतिक्रमण गरिएका जग्गा प्रति कठ्ठा २ लाखदेखि १० लाख सम्म खुल्लम खुल्ला बिक्री भई रहेको छ ।

त्यस्तै वन क्षेत्रको जमीन साविक गाविस भरतगंजसिगौल हाल निजगढ नगरपालिकामा पर्ने वन क्षेत्रको जमीन पनि अतिक्रमण गरि बिक्री गरि रहेका छन् । अतिक्रमण वन क्षेत्रको जमीनमा वर्षौ यतादेखि खेतीवाली तथा घर टहरा वनाउदै आई रहेका छन् ।

त्यस्तै जिल्लाको पर्सौना बोधवन, रामनगर, काटगाउ हरैया लगायतमा गरि बारामा करिब ७ सय हेक्टर भन्दा बढी वर्षौदेखि अतिक्रमणकारीले कब्जा गर्दै आई रहेका छन् । ति जग्गा मध्ये केही हेक्टर पुन वनले फिर्ता लिएको भन्दै वृक्षारोपण गर्ने गरेका छन् । अतिक्रमण गर्नेहरुले जंगल फडानी गर्दा निस्किएको काठ द्धारा घर टहरा वनाउने र वाकी रहेको काठहरु तस्करहरुलाई वेच्ने र आगो लगाई नष्ट गर्ने गरेका थिए ।

अतिक्रमित वन क्षेत्र अब, पनि वन क्षेत्रमा नैं नर्फकाउने हो भने, बाराको वन एकदेशको कथा बन्न न सक्ला भन्न सकिन्न । राज्य र नियमनकारी निकायले बेलैमा उचित कदम चाल्नु पर्ने देखिन्छ ।