निजगढमा ब्रिहत खेलकूदको उदघाटन

खेलकुद समाचार

126 Views

आज मिती २०६९-०९-१३ गतेको दिन निजगढमा पहिलो पटक ब्रिहत खेलकूदको उदघाटन नेपाल खेलकुद महासङ्गका अध्यक्ष पुरुषोतम पौडेल ज्यु र रास्टि्य खेलकुद परिषदका सदस्य-सचिव युवराज लामा ज्यु बाट भयो। दुवै जना बिषिश्ट व्यक्ती निजगढकै हुनु हुन्छ । रास्टि्य खेलकुद परिषदका सदस्य-सचिव युवराज लामाले आयोजक टिमलाई केही खेल सामग्री समेत उपलब्ध गराउनु भइएको छ र अन्य सहयोग गर्ने पनि आश्वासन दिनु भ्एको छ । साथै कार्य्रक्रममा सासँक्रितिक नाचको पनि प्रद्रशन गरेका थिए केही स्थानिय कलाकारहरुले ।
सो कार्यक्रममा पूर्व खेलाडीहरू गोकुल घोरसाइने, शिव प्रधान, शंकर लामा, मानध्वज लामालगायतलाई अतिथिद्वयले सम्मान गरेका थिए । कार्यक्रममा संयोजक दिलबहादुर लामाले स्वागत गरेका थिए ।
आयोजक क्लबका अध्यक्ष जीतसिंह लामाको सभापतित्वमा बोधनाथ चौलागाईले कार्यक्रम सञ्चालन गरेका थिए ।
उक्त खेलको उदघाटन आज भद्रकाली स्शस्त्र प्रहरी गण र निजगढ युवा क्लव बिच फुटबल खेल भयो र खेलको जित निजगढ युवा क्लवले हातपारेको छ।
खेलमा ३-२गोलले हारजित भएको छ। उत्कीष्ट खेलाडीमा रुपक लामाले हात पारेका छन। भोलीको खेलमा हनुमान युवा क्लव र आयोजक नेपाल खेलकुद क्लव निजगढ बिच हुदै छ।

 


Others photos here

Comments