निजगढ सुचना तथा संचारंमा गोकुल घोरसाईने

स्थानिय समाचार

96 Views

NIJGADH SUCHANA SAHAKARI

निजगढ ३० फागुन,

बाराको निजगढमा निजगढ सुचना तथा संचार सहकारी संस्था लि. को प्रारम्भिक साधारण सभा सम्पन्न भएको छ । निजगढ नगरपालिकाका कार्यकारी अधिकृत विमल कुमार पोखरेलले साधारण सभाको उद्घाटन गरे । कार्यक्रममा गौरी शंकर उच्च माध्यमिक विद्यालयका प्राचार्य सुदर्शन कोईरालाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सोप्रारम्भिक साधारण सभाबाट अध्यक्षमा गोकुल घोरासाईने, उपाध्यक्षमा केशव ढोडारी, सचिवमा रुद्र घिताल, कोषाध्यक्षमा पेमामाया लामा, सदस्यहरुमा जितलाल श्रेष्ठ, तिलक घलान, नारायण गौतम, किरण श्रेष्ठ,अन्जु नेपाली लगयात रहेका छन् ।संस्थाका अध्यक्ष घोरासाईनेको सभापतित्वमा भएको कार्यक्रमको संचालन सचिव रुद्र धितालले गरेका थिए । नवनिर्र्वािचत पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष भोला प्रसाद गौतमले सपथ ग्रहण गराएका थिए । सहकारी मार्फत आमसंचार क्षेत्रमा पहुँच पुर्याउने उदेश्यले संस्था संचालन गरिएको अध्यक्ष घोरासाईनेले बताए । कार्यक्रम निजगढ स्थित सगरमाथा बचत तथा ऋण

सहकारीको भवनमा भएको थियो ।