मोटरसाइकल चालकको मृत्यु

स्थानिय समाचार

91 Views

bike accident nijgadh singual

वैशाख १२ जितलाल श्रेष्ठ, निजगढ

ठक्करबाट शनिवार मोटरसाइकल चालकको घटनास्थलमैं मृत्यु भएको छ । बारा पर्सौने बस्ने २१ वर्षीय धीरेन्द्र चौधरीको दुर्घटनामा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले बताएको छ । निजगढ नगरपालिकाको भरतगंजसिंगौलबाट निजगढतर्फ गइरहेको बा. ५५ प ७७१९ नम्बरको मोटरसाइकललाई जनकपुरबाट वीरगंज आउँदै गरेको ना. ४ ख ६५२३ नम्बरको बसले बिहान ५ः३५ बजे सिगौल जाने गेटनजिकैको राजमार्गमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।