टाँगियाबस्तीमा स्थानियको करोडौको लगानी

स्थानिय समाचार

171 Views

nijgadh tangiya basti airport place

जितलाल श्रेष्ठ , निजगढ

निजगढ नजिकैको टाँगियाबस्ती अहिले केही समय यता मनै लोभ्याउने हराभरा भइरहेको छ । यस अघि सुख्खा याममा मरुभूमिझैं देखिने यहा“को धरातलमा अहिले चारैतिर हरियाली नै हरियाली छाएको छ ।

राज्यले यहाँ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल चाडै नै  निर्माण गर्ने भन्दै चार किला छुट्याउने कार्य गरिरह“दा स्थानीय बासिन्दाले जोखिम मोलेरै रु २ करोडभन्दा बढीको लगानीमा डिप बोरिङ गरिरहेका छन् । तीन महिना यतादेखि भूमिगत पानी निकालेर सिंचाइ गर्ने होड नै चलेको छ ।

२० देखि बढीमा ३० घरधुरी समेटेर समूह बनाउने र बोरिङ धसाउने गरेको स्थानीय बादल थापाले बताए । अहिलेसम्म यहा“ धसाइएका प्रतिबोरिङ सालाखाला रु ८ लाख ५० हजारसम्म परेको अर्का  स्थानीय भुपाल आलेले जानकारी दिए । गाउँकै ७० वर्षीय पदमबहादुर पुलामी, ६२ वर्षीय इन्द्रदेव विकजस्तै एक दर्जन स्थानीय समूह यस्तै भुमिगत डिप बोरिङ धसाउन पालो पखर्रे बसेका छन् । उनीहरू आवश्यक सामग्री जोरजाम गरिरहेका छन् भने छुटेका किसानहरू पनि समूह बनाई घरलौरी पैसा उठाइरहेका छन् ।

टाँगिया बस्तीमा एयरपोर्ट बनाउने र हामीलाई उठाउने हल्ला धेरै वर्ष अघिदेखिको हो । हल्लैहल्लाले यहाँ दीर्घकालीन स्वरूपको कुनै काम गर्न नसकिएकोले अब जसो पर्ला त्यसो टर्ला भनेर गाउँलेहरूको लगानीमा धमाधम बोरिङ धसाएको किरण सुनारले भने ।

“वर्षौ देखी नगरि खानु र    मरिजानु भयो । सरकारको हल्ला हदै गर्छ  । हामी काम गरिरहन्छौ । हटाइहाले त्यसै बेला जे हुन्छ–हुन्छ”—अधिकांश स्थानीयको उस्तै अठोट छ ।

यो अवधिमा २४ वटा बोरिङ धसाई पानी निकाली उपभोग भइरहेको छ । दश वर्ष अघि एउटा र चार वर्ष अघि एउटा बोरिङ थपिएको थियो ।अझ एक दर्जनभन्दा बढी बोरिङ धसाउन पाला े पखर्रे बसके ा छन ् । राज्यले विमानस्थल बनाउने हल्ला चलाएको दुई दशक भइसक्यो । पटकपटक नेता, मन्त्री, प्राविधिकहरू आउनेजाने क्रम जारी छ । विभिन्न कार्यक्रम पनि राखेका छन् । बल्लतल्ल चार किला छुट्याउन सिमेन्टेड पिलर ठा“उ÷ठा“उमा गाडेका मात्र छन् । “दुई दशक अघि पनि सरकारले यस्ता पिलर गाडेको थियो”—समाजसेवी मुक्ति लामाले भने । तर अहिलेसम्म विमानस्थल बनाउने सरकारी कुरा कुरैमा सीमित छ । विमानस्थल बन्ने कुरामा शड्ढा गर्द ै निर्धाि रत जग्गामा न ै टा“ि गया बस्तीका कृषक सिंचाइको लागि बोरिङ धसाउ“दै खेतिपातीलाई बढावा दिइरहेका छन् । यसरी सिंचाइ सुविधा भएपछि रोजगारका लागि विदेशिने कतिपय मौसम अनुसारको खेतीपातीमा लागेका छन ् । सिचं ाइ नहद“ु ा समय काटन् हातमा तास लिनेहरू अहिले कुटो, कोदालो लिएर खेतिपातीमा व्यस्त छन् । “त्यति बेला उराठ लाग्ने जमिनमा अहिले पानीले हरियाली छाएको छ—कञ्चनमाया योञ्जन भन्छिन ्। “झन्डै १० वर्ष अघि एक्लैले बोरिङ गरेको थिए“ । अहिले चारैतिर बोरिङै बाेि रङ छ । मककंै ा े बाटे मा हरियाली छ । अहिले टा“गियाबस्तीको मुहारै फेरिएको छ”—सन्तोष गिरी गर्व गर्छन् । जग्गा अधिग्रहण गर्न सरकारले ५० करोड र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाले ५० करोड गरी १ अर्ब रकम विनियोजन गरिसकेको छ । विमानस्थल निर्माणका लागि सरकारले प्राधिकरण गठन गरी चार किला छुट्याउने, साइनबोर्ड राख्ने काम मात्र गरेको छ । तर अरू कार्यले गति नलिंदा विगतझै. सरकारी हल्लामा सीमित रहने हो भन्दै यहा“का किसानले आप्mनै लगानीमा बोरिङ धसाएका हुन् । यहा “ विमानस्थल निमाणर्् ा गर्न े भन्दै सरकारले पछिल्लोपटक गरेको सर्वेक्षणलाई विमानस्थल बनिहाल्ने भर पर्दो आधार टा“गियावासीले मानेका छैनन् । त्यसैले उनीहरू आयआर्जन बढाउन ऋण काढेर भए पनि बोरिङ धसाउने काममा होमिएका छन् ।