
[metaslider id=3383]
कुमारी बैंक लिमिटेडले स्थापना गरेको निजगढ शाखा विधिवत उद्घाटन गरेको छ । उक्त शाखाको बैंकका सञ्चालक श्री उत्तम प्रसाद भट्टराई तथा उद्घाटन समारोहका प्रमुख अतिथि निजगढ नगरपालिकाका कार्यकारी अधिकृृत श्री विमल कुमार पोखरेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
श्री विमल कुमार पोखरेलले आफ्नो मन्तब्यको क्रममा यस क्षेत्रलाई लक्षित गर्दै बैकिङ सेवा विस्तार गरेकोमा प्रशन्नता व्यक्त गर्दै नेपालकै नम्मर एक बैंक बन्न शुभकामना दिनुभयो र यस क्षेत्रमा केही सामाजीक कार्य समेत गर्न आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रममा बैंक सञ्चालक श्री उत्तम प्रसाद भट्टराईले बैंकको हालको मर्जर लगायत यस शाखावाट पुग्न सक्ने वित्तीय पहुचको बारेमा स्पष्ट पार्नुभयोे र हाल जिल्लामा आर्थिक गतिविधि बढ्दै गएकाले यस क्षेत्रमा बैंक तथा वित्तीय संस्था आकर्षित भएको बताउनु भयो ।
उक्त कार्यक्रममा बैंकका अघ्यक्ष श्री सन्तोष कुमार लामा, सञ्चालक डा. शोभाकान्त ढकाल, का मु प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरी, प्रमुख सञ्चालन अधिकृत श्री रामेश्वर शर्मा अर्याल उपस्थित हुनुभयो भने कार्यक्रमको संचालन बैंकका कम्पनी सचिव श्री नरेन्द्र प्रसाद छट्कुलिले गर्नु भयो भने निजगढ शाखा प्रवन्धक युवराज दहालले स्वागत मन्तब्य राख्नु भयो । कार्यक्रममा इलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक श्री सुवास कुमार गैरे, नीजगढ उद्योग वाणिज्य संघका अध्यक्ष श्री टेक बहादुर लामा, सशत्र प्रहरी बल वेस क्याप निजगढका प्रहरी नायव निरीक्षक श्री उमेश खत्री, ट्रफिक प्रहरी कार्यालय निजगढका प्रहरी नायव निरीक्षक श्री सुदर्शन थापा लगायत निजगढ न.पा क्षेत्र तथा यस आसपास रहेको विभिन्न बैक तथा वित्तिय संस्थाको प्रमुख तथा प्रतिनिधी, पत्रकार तथा विभिन्न पेशा, व्यवसायमा आवद्ध वुद्धिजिवी तथा समाज सेवी ब्यक्तित्वहरु समेतको उपस्थित रहेको थियो ।