आयोजक टिम नेपाल खेलकुद क्लव निजगढ बिरुद्ध हनुमान युवा क्लवको दरो प्रस्तुति

0
183

आज शनिबार बाराको निजगढमा भएको ब्रिहत खेलकूद महोत्सबको दोस्रो दिनमा आयोजक टिम नेपाल खेलकुद क्लव निजगढ बिरुद्ध हनुमान युवा क्लवले आफ्नो जित पकड पारेको छ। खेलको दोस्रो हाफ पछी हनुमान युवा क्लबले ३ गोल हानेका छन् ।

टेबल टेनिस खेल सञ्चालन

टेबल टेनिस खेलमा  स्थानीय समाजसेवी तथा खेलाडी केशरबहादुर लामाले बल र ब्याड प्रदान गर्दै खेल प्रारम्भ गरेका थिए । सो अवसरमा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलको पनि उपस्थिति थियो । आज शुरू भएको पहिलो चरणको टेबल टेनिस प्रतियोगितामा २२ खेलाडी सहभागीमध्ये १२ जना खेलाडी दोस्रो चरणमा प्रवेश गरेका  छन् । टेबल टेनिस खेलको पहिलो चरणमा रोशन लामा, राजु अर्याल , गोविन्द सुबेदी , समुन्द्र राउत , मनिष चौलागाई , योगेश न्यौपाने , मनोज कुमार शाही , कमल लामा , निरोज राई , लक्की तिमल्सिना , गोकुल सापकोटाहरुले दोस्रो चरणको लागी आफ्नो सिट यथावत राखेका छन । टेबल टेनिस खेल निजगढको लच्कामा भएको थियो  ।
थप जानकारीहरु हामी NIjgadh.comमा राखी रहने छौ । कृपया कमेन्ट गर्न न भुल्नुहोला र सेयर गर्न  पनि नबिर्सनु होला ।

 

 

स्थानीय समाजसेवी तथा खेलाडी केशरबहादुर लामाले बल र ब्याड प्रदान गर्दै खेल प्रारम्भ गरेका थिए । सो अवसरमा नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष पुरुषोत्तम पौडेलको पनि उपस्थिति थियो । आज शुरू भएको पहिलो चरणको टेबल टेनिस प्रतियोगितामा २२ खेलाडी सहभागीमध्ये १२ जना खेलाडी दोस्रो चरणमा प्रवेश गरेका उक्त खेलका संयोजक हरिशरण सुवेदीले जानकारी दिए ।