श्री श्रीकृष्ण जन्माष्टमीमा पथलैया कन्टसर्ट हुदै

स्थानिय समाचार

51 Views

sugam jyoti at pathlaiya

निजगढ डटकम , श्रावण २७ निजगढ

श्री कृष्ण जन्माष्ठमी भाद्र ९ गतेको दिन पथलैयाका युवाहरूले एक भेला गरी श्री कृष्ण जात्रा २०७३ नाम दिएर बृहत सांगीतिक कार्यक्रम आयोजना गर्दैछ ।

कार्यक्रमको आकर्षणमा राष्ट्रीय कलाकारहरु सुगम पोखरेल , ज्योती मगर , रोमा न्यौपाने , सुभाष लामा , तलेजु साँस्कृतिक कला केन्द्र हेटौडा र स्थानीय चर्चीत सांगीतिक समूह द पनामले आफ्नो प्रस्तुती देखाउने छ कार्यक्रमको मनोरन्जन लिन कुनै शुल्क नलाग्ने आयोजकले  निजगढ डट कमलाई जनाएको छ ।

कार्यक्रम बिभिन्न शीर्षकको संयोजकत्वमा ५१ सदश्य रहेको    छ । मुल आयोजक समितीमा संयोजक सुरेश कुमार लामा , कलाकार ब्यवस्थापन संयोजक राज कुमार लामा , प्रेस संयोजक दिवाकर भण्डारी ,स्टेज ब्यवस्थापन संयोजक जन्मदिप लामा र पुजा आरधना संयोजक अर्जुन लम्साल रहनेछ ।

कार्यक्रममा मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रा.ली. टुबोर्ग बियरको रहनेछ सह-प्रायोजक सुबिसु केबल नेट प्रा.ली. बिरगंज , सहयोगी संस्थामा नयाँ गोरेटो बारा रहेको छ भने मिडिया पार्टनरमा कृपा दैनिक , रेडियो सिमरा , रेडियो समर्पण , रेडियो नागरिक र निजगढ डटकम रहेको छ ।