राप्रपा नेपालद्धारा कुर्सी हस्तान्तरण

स्थानिय समाचार

28 Views

rppkursi at nijgadh bara nepal
राष्टिय प्रजातन्त्र पार्टी नेपाल निजगढ नगर समितिले उद्योग वाणिज्य संघ निजगढको सभा हलको लागि दश थान प्लाष्टिक कुर्सी हस्तान्तरण गरेको छ ।
शुक्रवार उद्योग वाणिज्य संघ निजगढमा आयोजित एक कार्यक्रम वीच उद्योग वाणिज्य संघ निजगढका अध्यक्ष टेकबहादुर लामालाई उक्त कुर्सी हस्तान्तरण गरिएको हो ।
राप्रपा नेपाल निजगढ नगर समितिका अध्यक्ष खड्गप्रसाद उप्रेतीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सावित्री भारती, शिवप्रसाद तिमल्सिना, डोल्मा लामा, बासुदेव तिमल्सिना, सोमबहादुर जिम्बा, खडकबहादुर आले, भक्तबहादुर दर्लामी, पुरुषोत्तम धिताल, शक्ती अधिकारी लगायतको उपस्थिती रहेको थियो ।