रोटरी क्लब निजगढको चाटर्ड हस्तान्तरण रोटरी क्लब निजगढको चाटर्ड हस्तान्तरण

स्थानिय समाचार

37 Views

rotary club nijgadhप्रभात तिमल्सिना , निजगढ

रोटरी क्लब अफ निजगढको चाटर्ड हस्तान्तरण समारोह गत बुधवार सम्पन्न भएको छ ।
रोटरी क्लब अफ निजगढका अध्यक्ष अमिर मोक्तानको अध्यक्षता र रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का निवर्तमान डिष्ट्रिक्ट गर्भनर केशव कुँवरको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहायक गर्भनर कृष्णेश्वरी हाडा, डिष्ट्रिक्ट गर्भनरका विशेष प्रतिनिधी रश्मी श्रेष्ठले रोटरीले सामाजिक विकासको क्षेत्रमा उल्लेख्य कार्य गर्दै आइरहेको र अव यस निजगढ क्षेत्रमा पनि निरन्तर रोटरीका गतिविधीहरु संचालन हुने वताउनु भयो ।

[follow id=”nijgadh” ]
कार्यक्रममा निजगढ नगर विकास समितिका अध्यक्ष सुरेशकुमार खनाल, गौरीशंकर क्याम्पसका प्रमुख रामप्रसाद गौतम, महिला समन्वय समिति बाराकी उपाध्यक्ष विष्णु नेपाल, समाजसेवी महेशी कुँवर, बासुदेव तिमल्सिना, निजगढ खानेपानी संस्थाकी कोषाध्यक्ष सावित्री भारती, लायन्स क्लब अफ निजगढ पिसका अध्यक्ष विकास लामा, न्यू जन जागृति युवा क्लबका अध्यक्ष थानेश्वर सापकोटा, निजगढ जेसिसका उपाध्यक्ष दिप शाही, उद्योग बाणिज्य संघ निजगढका प्रतिनिधी अरुण सराफ, निजगढ नगर महिला समन्वय समितिकी उपाध्यक्ष प्रमिला नेपाल, महिला विकास केन्द्रकी अध्यक्ष गंगा शिवाकोटी, पूर्वप्रहरी संगठनका अध्यक्ष रामबाहादुर भारती, पत्रकारहरु प्रलाद तिमल्सिना, महेश्वर अधिकारी, रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष प्रहलाद पराजुली, कोषाध्यक्ष मनिष योगल, मेजर डोनर दुर्गा कुँवर, पूर्व सहायक गर्भनर अशोक श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
रुद्र धितालले संचालन गर्नु भएको कार्यक्रमको स्वागत टेकवहादुर लामा र धन्यवाद ज्ञापन पेमासिद्धी लामाले गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी कुवँरले रोटरी क्लब अफ निजगढका संस्थापक अध्यक्ष अमिर मोक्तानलाई चार्टड प्रमाण पत्र, माला, पिन, हम्मर प्रदान गर्नु भएको थियो । रोटरी क्लब अफ निजगढका सचिव आशिष तामाङले क्लबको निर्णयहरु प्रस्तुत गर्नु भएको कार्यक्रममा भगवती फुँयालले अतिथीहरुलाई खादा ओढाई सम्मान गर्नुभएको थियो ।