नेपाल इन्जिनियर्स एसोसियसनको निर्बाचनमा उमेदबार निजगढ़का ई रोवर्ट खनाल

स्थानिय समाचार

92 Views

प्रलाद तिमल्सिना – निजगढ

भाद्र ३१ गते हुन गइरहेको नेपाल इन्जिनियर्स एसोसियसन को निर्वाचनमा निजगढ बाराका ई रोवर्ट खनाल, ई. हरेराम श्रेष्ठ को नेत्रित्वोमा रहेको लोकतान्त्रिक समुहबाट सदश्य पदका उमेद्वार छन्।
ROBOT khanal of Nijgadh
ई खनालको बाल्यकाल निजगढ़मा बितेको थियो। एस एल सी सम्म निजगढ़ स्थित होली एन्जल्स उ मा वि मा पढेका उनि सानै देखि पढाइ लेखाइमा उत्कृस्ट थिए।  उच्च शिक्षा हासिल गर्ने क्रम मा उहाले काठमाडौँ बिश्वबिद्यालयमा आइ एस सी र काठमाडौँ इन्जिनियरिंग कलेज बाट बि ई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसनमा गरेका छन् | ई खनाल नेपालको टेलिकम्युनिकेसन क्षेत्रमा प्रसिद्द युबा इन्जिनियर तथा ब्यवासाही हुन् |

निजि क्षेत्रमा रहेर थुप्रै युबा इनिनियरहरुलाई रोजगार निर्माण गरेका खनाल आउदो ने ई ए चुनाबका एक मजबूत उम्मेदवार हुन्। ब्येबसहिक जीवनमा उहाँ को काम गर्ने शैलि र मेहेनत सायद कमै मान्छे मा हुन्छ। हाम्रो एक प्रश्नको उत्तर दिदै उनले भने “इन्जिनियर ले जागिर मात्र गर्ने होईन जागिर सृजना गर्नु पर्छ”।नेपालको खस्कदो इंजीनियर बजार मा रोजगारि सृजना गरि थुप्रै इन्जिनियरहरूलाई रोजगारि दिनु निकै नै चुनौती पूर्ण काम हो। नजिकिदै गरेको NEA चुनावमा लोकतान्त्रिक समुहबाट ऊहाको ऊमेद्वारी निकै नै अपरिहार्य र स्वागत योग्य छ। उहा निजगढ़बाट ने ई ए मा उम्मेद्वारी पाउने आज सम्मका एक मात्र व्येक्ति हुन्।