युवा संघ नेपाल निजगढ नगरको पहिलो अधिवेशन सम्पन्न

स्थानिय समाचार

92 Views

निजगढ डटकम , ०३ असोज

युवा संघ नेपाल निजगढ नगरको पहिलो अधिवेशनबाट माधव न्यौपाने अध्यक्षमा सर्वसम्मत भएका छन् ।

yuvasang-nijgadhko
सोमबार भएको नगर अधिवेशनले न्यौपानेको अध्यक्षतामा २९ सदस्य कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । कमिटीमा उपाध्यक्षमा दिनेश लामा, सचिवमा कमानसिंह थिङ्ग, सहसचिबमा सान्त कुमार सापकोटा, र कोषाध्यक्षमा मिन बहादुर लामा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा कृष्ण बहादुर कार्की, रामबाबु तिमल्सिना, ललित बहादुर डासेली, दिनेश खड्का, सिताराम चौलागाई, शंकलन आर्चाय, शिवराम श्रेष्ठ, ईराज कोईराला, जगत बहादुर न्यौपाने, पञ्चलाल सिङ्गतान, भिमबहादुर कार्की, श्याम बोम्जन, भिम प्रसाद अधिकारी छन् । त्यस्तै महिला सदस्यमा सुमित्रा खड्का, कल्पा लामा, सिता थिङ्ग, सर्मिला थिङ्ग, मिना घलान र लिजा श्रेष्ठ छन् ।त्यस्तै दलित सदस्यमा शंकर नेपाली रहेका छन् । यस अघि अधिवेशनको उद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य तथा पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले गरेका थिए । पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले गमलामा रहेको फुलमा जल सेरचन गरेर अधिवेशन उद्घाटन गरेका हुन् ।

yuvasang-nijgadh12 कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, नेकपा एमालेका एक केन्द्रिय सदस्य कृष्ण खनाल, केन्द्रिय सल्लाहकार अच्चुत मैनाली, नेकपा एमालेका नेताहरु मनोज पौडेल, अम्बिका चौलागाई, एक बहादुर श्रेष्ठ, नारायण प्रसाद गौतम, तिर्थ गौतम, यूवा संघका केन्द्रिय सचिवालय सदस्य धु्रब यादब लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम अघि निजगढमा मोटरसाईकल र्याली समेत गरिएको थियो ।

yuvasang-nijgadh1

यसै विच कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर तीन दर्जन भन्दा बढि कार्यकर्ता तथा नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा  कुश व‍ थापा,चक्रमणि दाहाल, शम्भु प्रसाद सापकोटा, राम प्र बजगाई, राजन गुरागाइ, गोपी थापा, गोपी खुलाल, जगनाथ सिग्देल, वासु ढकाल, इन्द्र सिङ खुलाल, कृतिमान घ्यावा, उद्घव दाहाल, मिन प्र तिमल्सिना, मोतिलाल योन्जन, शंकलन आर्चाय ,पुर्व ब चौलागाई, लालु ब तामाङ, बिष्णुहरी तिमल्सिना, धुर्व राउत, कृष्ण ब तिमल्सिना, टं ब तिमल्सिना, डिल्ली प्रसाद तिमल्सिना र अन्य रहेका छन।  उनीहरुलाई प्रमुख अतिथि पाण्डे लगायतले स्वागत गरेका थिए । नगर सम्मेलन आयोजक समिति संयोजक राजन घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन राजु आर्चायले गरेका थिए । सम्मेलनमा करिव ५०० भन्दा बढिको बाक्लो उपस्थती रहेको थियो। सम्मेलन निजगढ उद्घोग वाणिज्य सभा हल निजगढमा भएको थियो।

yuvasang-nijgadh3

yuvasang-nijgadh2