बागदेव दुग्ध सहकारीमा अध्यक्ष थानेश्वर सापकोटा

स्थानिय समाचार

66 Views

bagdev-dud-thaneshworनिजगढको अखबार – निजगढ

निजगढ–६ स्थित बागदेव दुग्ध सहकारी संस्थाको संचालक समितिको  हिजो सोमबार बसेको सभामा अध्यक्षमा थानेश्वर सापकोटा सर्वसम्मत निर्वाचित भएका छन् । सयौ मानिसहरुको बिचमा गरिएको सो वैठकमा थानेश्वर सापकोटा निर्विरोध  अध्यक्ष भएका हुन । त्यस्तै  उपाध्यक्षमा ताराबहादुर चौलागाई, सचिवमा बोध बहादुर तिमल्सिना, कोषाध्यक्षमा रामकुमार सिग्देल निर्वाचित भएका छन । त्यस्तै गरि समितिको सदस्यमा एतेन्द्र तिमल्सिना, उमा देवी घिमिरे  नरबहादुर सापकोटा , गोपीनी चौलागाई, रामशरण ढुंगाना,  ,उद्धब बन्जरा  चुनिएका छन् । त्यस्तै  गरी लेखा समितिको संयोजकत्वमा लिला बहादुर राउत, सदस्यमा रत्न बहादुर खड्का र शिवकुमार भण्डारी चयन भएका छन् । यसैविच नवनिर्वाचित समितिलाई निर्वाचन मण्डलका अध्यक्ष अम्बिका चौलागाईले सपथ ग्रहण गराएका थिए। यस अघिको समितिले बागदेव दुग्ध सहकारीमा  थुप्रै राम्रा र उदाहरणिय काम गरेको वताउछन स्थानिय किसान माधव घिमिरे ।