खोल्माटोल सडकमा स्लाप ढलान निर्माण तिब्र

0
324

kholma-tole-slap

निजगढको अखबार, निजगढ । निजगढ नगरपालिका वडा नं. ५ र ६ मा रहेको खोल्माटोल देखि पूर्व टोल सडकमा स्लाप ढलान निर्माण  भएको छ । खोल्माटोल टोल सुधार समितिले निजगढ नगरपालिका र स्थानीयको जनसहभागितामा एक सय मिटर  उक्त बाटो स्लाप ढलान गर्न थालेको बताउछ निजगढ नगरपालीका अधीकृत बिमल कुमार पोखरेल । समितिका अध्यक्ष  भिम प्रसाद तिमल्सिना  अनुसार सो सडक खोल्माटोल–पूर्वटोल हुँदै प्रस्तावित शहीद हिरालाल रंगशाला पुर्याउने उद्देश्य राखिएको छ । निर्माणको पहिलो चरणमा सडक निर्माणका लागि निजगढ न.पा. को ७० प्रतिशत र जनसहभागिता ३० प्रतिशत गरि जम्मा रु.९ लाख ५० हजारको लागत मा निर्माण हुन लागेको हो ।  निर्माणाधिन सडकको २० फिट चौडाई र ८ ईन्च मोटाई रहेको समितिले जनाएको छ । सडक ढलानले स्थानिय बासीहरु निकै नै हर्षित भएको बताउछन स्थानिय थानेश्वर सापकोटा ।