निजगढमा फस्टाउदै गएको केराखेतीमा डढुवा रोगले कृषक चिन्तित

स्थानिय समाचार

172 Views

nijgadh-banannaनिजगढमा रैथाने मालभोग केराको एक छत्र राज

जितलाल श्रेष्ठ , निजगढ, १२ असोज/

निजगढमा व्यावसायिक केराखेती फस्टाएसँगै डढुवा रोगले सताउन थालेपछि कृषकहरू चिन्तित भएका छन् । निजगढ नगरपालिकाको निजगढ, भरतगंजसिगौंल, रतनपुरीमा गरी लगभग ३५० बिघा क्षेत्रफलमा व्यावसायिक केराखेती भइरहेको कृषि सेवा केन्द्र निजगढका कृषि प्राविधिक साधुराम खरेलले जानकारी दिए । अन्य खेतीको तुलनामा केराखेतीबाट बढी आम्दानी र झन्झट कम हुने भएकोले यहाँका कृषकहरू केराखेतीतर्फ आकर्षित भएको उनले बताए । प्रति कठ्ठा थोरैमा १५ हजारदेखि २०/२५ हजारसम्म यस खेतीबाट आम्दानी हुने गरेको छ । निजगढमा १५० बिघा, रतनपुरीमा बढीमा १० बिघा र बाँकी क्षेत्रफल भरतगंजसिगौंलमा केराखेती लगाइएको कृषि सेवा केन्द्र निजगढले जनाएको छ । व्यावसायिक केराखेतीले यहाँका कृषकको जीवनस्तर एकदमैं बढेको देखिन्छ । राजनीतिक पार्टीको कार्यक्रम, कुराकानीमा समय व्यतीत गर्नेहरू अहिले केराखेती गर्न भ्याइ नभ्याई छन् ।

kera-khetiआवश्यकताभन्दा बढी समय अनावश्यक बिताउनुभन्दा आर्थिक उपार्जन, आम्दानीको बाटोमा लगाउनुपर्ने धेरैंले अहिले बुझेका छन् । बलौटे, दोमट माटो भएको जग्गामा पनि केराखेतीबाट मनग्य आम्दानी लिन सकिने कृषि सेवा केन्द्र, निजगढका जेटिए गङ्गा ओली बताउँछिन् । प्रशस्त कम्पोस्ट मल भएको तर पानी कम लगाउन सकिने खेतवारीमा पनि केराखेती गर्न सकिने जेटिए ओलीले भनिन् । व्यावसायिक केराखेतीको क्षेत्रफल र बाली हेर्दा हालको बजार मूल्यसँग तुलना गर्दा ६ करोडदेखि ७ करोडको हाराहारीमा केरा उत्पादन हुने कृषि प्राविधिक साधुराम खरेल र जेटिए गङ्गा ओलीको अनुमान छ । केही वर्ष यतादेखि भने केराको पातमा लाग्ने डढुवा रोगका कारण कृषकहरू चिन्तित छन् । करिब १ विघा केराखेतीमा डढुवा रोगको प्रकोप रहेको निजगढका पुराना अगुवा कृषक गोविन्द खरेलले बताए । “केही वर्षदेखि डढुवाले सतायो । निर्मूल गर्न कृषि प्राविधिक, जेटिएसँग सल्लाह, सुझाव लिइरहेका छौंं । तर अहिलेसम्म पूर्ण नियन्त्रण पाउन सकेको छैन”—कृषक खरेलले भने । राम्रै आम्दानी त छ । डढुवा रोगका कारण सोचे गरेजस्तो केरा फस्टाउन नसकेको धु्रव ठकुरीले बताए । आम्दानीमा खासै कमी त आएको छैन तर पनि रोग लागेकोले ठूलै समस्या आउने हो कि भन्ने चिन्ता अधिकांश कृषकहरूमा छ । शुरुमा निजगढका युवा ज्ञानबहादुर लामाले व्यावसायिक केराखेती शुरु गरे पनि ०६५ साल यतादेखि यस खेतीलाई निरन्तरता भने गोविन्द खरेलले दिएका हुन् । अहिले निजगढ केराखेतीमय बनेको छ । व्यावसायिक केराखेती भएकोले बिक्री गर्ने बजारको कुनै समस्या नभएको कृषकहरू बताउँछन् । यहाँ उत्पादित केरा काठमाडौं, पोखरा, दोलखासम्म पुग्ने गरेको कृषकहरू बताउँछन् । व्यावसायिक मालभोग केराखेती उत्पादन हुने परिचय बनिरहेको यहाँ विलियम हाइब्रिड प्रजातिको केराखेती पनि शुरु भएको छ । तर किसानहरूको आग्रह रैथाने मालभोग केराखेतीतर्फ ध्यान दिनुपने भन्ने छ । केराको बोटको सुप्लाबाट कपास, फाइबर, पेपर, झोला, जुत्ता, कोट गिप्mट, खेलौनाजस्ता वस्तु उत्पादन भई बजारमा आइसकेको र यसबाट बनाइएको जुत्ता, कोट टिकाउ र आर्कषक देखिने कार्यकारी निर्देशक कोइरालाले बताए । व्यापारीले मोटो, ठूलो कोसा मात्रै किन्ने भए पनि सानो कोसाबाट चिप्स बनाउन सकिने र खेर जाने अन्य चीजबाट कम्पोस्ट मल बनाउन सकिने भएकोले धेरै फाइदा लिन सकिने उनले बताए ।