सिंगौलमा गुम्बा मेला सुरु

स्थानिय समाचार

122 Views

शान्तकुमार सापकोटा

निजगढ नपा ३ स्थित सिंगौलमा शनिवार देखी टाँसी घार्गेलिङ गुम्बा मेला सुरु भएको छ ।

हरेक बर्ष कार्तिक शुक्ल त्रयोदशीको दिन देखि शुरु भई पूर्णिमाको दिन सम्म यो मेला लाग्दछ ।

विगत ३ दशक देखि शुरु भएको यो मेलामा बारा, मकवानपुर, रौतहट तथा आपसका छेत्रबाट मेला भर्नेहरुको घुँईचो लाग्ने गर्दछ ।

करिव १०० वटा व्यापरिक स्टल राखिएको यो मेलामा वाल मनोरन्जनका विभिन्न खेल सामग्रीहरु पनि राखिएको मेला व्यवस्थापक समितिका अध्यछ्य रामबहादुर स्याङतानले निजगढ डट कमलाई बताउनु भएको छ ।

singual-gumba-mela-suru