लोकप्रिय साकोसको सातौं बार्षिक साधारण सभा सम्पन्न

स्थानिय समाचार

50 Views

lokpriya-sadaranअखवार संवाददाता

लोकप्रिय बचत तथा ऋण सहकारीको हालै गत मंगलवार सम्पन्न साधारण सभाले संस्थाको अध्यक्षमा पुनः अम्बिकाप्रसाद चौंलागाईलाई चयन गरेको छ । संस्थापक अध्यक्ष रहेका चौंलागाई चौथो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन ।
साधारण सभाले उपाध्यक्षमा केदारप्रसाद गौतम, सचिवमा लिलानाथ बञ्जारा, कोषाध्यक्षमा अन्जु नेपाली तथा सदस्यहरुमा निर्मला कार्की, सावित्री भारती, प्रकाश सापकोटा, अर्जुन घिमिरे र विक्रम केसीलाई सर्व सम्मत रुपमा निर्वाचित गरेको हो ।
त्यसै गरी साधारण सभाले लेखा समितिको संयोजकमा रुद्रप्रसाद धिताल तथा सदस्यहरुमा सानुवावु अधिकारी र पार्वती अधिकारीलाई सर्वसम्मत चयन गरेको छ ।
यस अघि सातौं बार्षिक साधारण सभाको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोलाप्रसाद गौतमले गर्नु भएको थियो ।
साधारण सभामा सहकारी डिभिजन कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, गौरीशंकर उ.मा.वि. निजगढका प्राचार्य सुर्दशनप्रसाद कोइराला, कुमारी बैंक निजगढका प्रबन्धक युवराज दाहाल, अवतार साकोसका अध्यक्ष अजय लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका सचिव विदुरलाल श्रेष्ठले संचालन गरेको उद्घाटन सत्रको अध्यक्षता अम्बिका प्रसाद चौंलागाई तथा स्वागत अन्जु नेपालीबाट भएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष अम्बिका प्रसाद चौंलागाईवाट प्रगति प्रतिवेदन, लेखा समितिका सदस्य सानुवावु अधिकारीवाट लेखा प्रतिवेदन तथा कोषाध्यक्ष केदारप्रसाद गौतमबाट आर्थिक प्रतिवेदन प्रस्तुत भएको थियो ।
संस्थाले गत आर्थिक वर्ष २०७२।०७३ मा कूल आठ करोड बयानब्बे लाख छत्तिसहजार दुईसय एकचालिस रुपैया सत्ताईस पैसाको कारोवार गरी एक करोड अठारलाख आठसय छ रुपैया उन्नाइस पैसा आम्दानी गर्दै एकतिसलाख छपन्नहजार सातसय बयासी रुपैया छयालिस पैसा खुद नाफा आर्जन गर्न सफल भएको संस्थाको आर्थिक प्रतिवेदनमा उल्ललेख गरिएको छ ।