अग्नि पीडित परिवारलाई युवा संघ निजगढको सहयोग

स्थानिय समाचार

48 Views
अग्नि पीडित परिवारलाई युवा संघ निजगढको सहयोग
अग्नि पीडित परिवारलाई युवा संघ निजगढको सहयोग

निजगढ २३ फाल्गुन

निजगढ नगरपालिका वडा न १२  थलिको अग्नि पीडित परिवारलाई एमाले निकट भात्री संगठन युवा संघ नेपाल निजगढले सहयोग गरेको छ ।

निजगढ नगर कमिटी र उपाध्यक्ष दिनेश लामा र एमाले पार्टी नगर कमिटी सदस्य सिताराम खतिवडाको नेतृत्वले राहात पिडितको स्थान गएर सहयोग वितरण गरेको हो। आगोलागीबाट आईत सिंह ब्लोन र शुक बहादुर मोक्तानको घर पुर्ण रुपले क्षती भएको थियो ।आगोलागीबाट घरका सद्सयहरु समेत घाइते भएका थिए ।  पीडित परिवारलाई टोलिले राहत स्वरुप चामल वितरण गरिएको छ । हरेक बर्ष निजगढ नगरपालीकाको उत्तरी भेगमा साभधानी नअपनाउदा घरहरु आगलागी हुने गरेको छ ।