You are here
Home > स्थानिय समाचार > दक्षिण कोरियाबाट आगलागी पीडितलाई सहयोग

दक्षिण कोरियाबाट आगलागी पीडितलाई सहयोग

53 Views

sahayog nijgadh

दक्षिण कोरियामा बस्ने निजगढ ८ का सुवर्ण लामाले आगलागी पीडितलाई सहयोग गरेका छन । लामाले कोरियामा रहेका नेपालीहरु संग सहयोग संकलन गरि निजगढ नगरपालिका–१२ रतनपुरी चुरेस्थित थलिमा गत फागुन २२ गते आगलागीबाट घर ध्वस्त भएका आइते सिंह भुलनको नवनिर्मित घरको छाना छाउन रंगीन जस्तापाता निजगढको साङगेतिक समुह द अननोन ब्यान्डको टोलीले गएर वितरण गरेको थियो । लामो समयदेखि रोजगारका लागि दक्षिण कोरिया गएका ब्यान्डका सदस्य निजगढ–८ का स्वर्ण लामामार्फत् त्यहाँ कार्यरत नेपाली सहयोगी हातहरूबाट सहयोग सड्कलन गरिएको थियो । आगलागीका क्रममा ७७ वर्षीय आइते सिहं भुलोनको पिठयु समते जलेको थियो । ब्यान्डले नै उपचार खर्चको लागी पहल गरेर कोरियाबाट सहयोग गरेका थिए । घाइते भोलनको उपचारका क्रममा ब्यान्डको टोली पटक पटक त्यहाँ पुगेको थियो ।
sahayog nijgadh
निर्माण सामाग्री रंगीन जस्ता पाता, किल्ला काँटी र उपचार खर्च गरी लभगभ ८० हजार बराबरको सहयोग गरिएको ब्यान्ड मेनेजर सोमसिंह लामाले जानकारी दिए । कोरियामा बसोबास गर्ने नेपालीहरुको सहयोगी भावनालाई पीडित, आफन्त र स्थानीय समाजसेवी, बुद्धिजीवीहरूले धन्यवाद दिएका थिए । subarna lama

Top