दुधौलीका संञ्चरकर्मी यतिवेला के गर्दै छन् ?

लेख/रचना

75 Views

सिन्धुलीको दोस्रो ठुलो व्यापारीक केन्द्र हो दुधौली , दुधौली नगरपालिकामा संञ्चारकर्मी, रोडियोकर्मी, पत्रकार एकदमै नगन्य अवस्थामा छन् । जति छन आज हामि चर्चा गछौँ ।
सर्वप्रथम ,
सन्जु राउत यो नाम विगत ७ वर्ष देखि चर्चामा छ । पेशाले उनि रेडियोकर्मी हुन् । विगत ७ वर्ष देखि छिमेकी जिल्ला उदयपुरको कटारी नगरपालिकामा अवस्थित युके एफ एफ मा कार्यरत छन् । व्यपस्थापनमा स्नाकोत्तर गरेका सञ्जु युके एफ एम मा कार्यक्रम संयोजन हुदै कार्यक्रम प्रमुख अनि हाल स्टेसन म्यनेजरको रुपमा काम गरीरहेका छन् । स्टेज कार्यक्रम होस या अ‍ैपचारी अनौपचारीक दुवै ठुला साना कार्यक्रम होस उन्को उपस्थित हुनै पर्छ र अपरीहार्य जस्तैनै हुन्छ । उनि अहिले पनि रेडियो बाट मिठो स्वरमा हप्तामा करिव ९ वटा कार्यक्रमको साथमा स्रोता माझ छाईरहन्छन । उनले चलाउने केहि कार्यक्रमहरु एक दमै चर्चित रहेका छन । साथि बनाउने कार्यक्रम फ्रेन्ज क्लव होस गित डिमान्ड गर्ने योर डिमान्ड होस या प्रेम कथा वाचन गर्ने कार्यक्रम तिमि र म होस यि यस्ता लगायत थुपै्र कार्यक्रमले उनीलाई चर्चित वनाएको छ । प्रमोद खरेल,अन्ज पन्त,मेलिना राई, राजेश पायल राई,शिव थापा मगर,अशोक प्यासी लगायत थुप्रै राष्ट्रिय ताथा स्थानिय कलाकारको साथमा स्टज कार्यक्रम चलाइसकेको सन्जु मोडलिङ्ग पेसा तिर होमियका छन । सवै साथिभाइको सल्लाहा सुझाव र आफ्नोे रहरले यस रंग क्षेत्रमा होमिएको वताउछन । स्थानिय गायक शिव थापा मगर , असोज प्यासी राई , प्रकाश राउत तथा टिका पुनको स्वरहरुमा रहेको गितमा सफल अभिनय गरिसेका छन् ।

dudauli sancharkarmi

दुधौली नगरपालिका वडा नम्बर ८ का स्थानिय वासिन्दा सञ्जु एक बहुप्रतिभाशाली रोडियोकर्मी भन्दा केहि फरक पर्दैन अहिले पनि उनी युके एफ एम बाट आफ्ना श्रोता माझ छाईरहेका छन् । उनी भन्छन व्यवस्थापन विषय पढेको मान्छे कता बाट सञ्चारकर्मी भइयो थाहा नै भएन यस क्षेत्रमा दाम नभए पनि नाम छ यसैमा सन्तुष्टी रहेको बताए ।
यस्तै अर्का सञ्चारकर्मी हुन दिनेस वुुढाथोकि
दिनेस वुढाथोकि सानै उमेरमा एक सफल सञ्चारकर्मी बनेर आफ्ने क्षेत्रमा स्थापित भैसकेका एक कुशल रोडियोकर्मि हुन । रहरै रहरमा यस क्षेत्रमा लागेका दिनेस एउटा चर्चित स्टेज कार्यक्रम पनि हुन । कतै साने या ठालो कार्यक्रम होस त्यहाँ दिनेसको खोजि गरीन्छ र त्यहाँ कार्यक्रम सञ्चालकको निम्तो पनि आइहाल्छ । २०७० सालमा रेडियो साहार सिन्धुली बाट आफ्नो रेडियोको यात्रा तय गरेका दिनेस आफ्नो स्वर बाट स्रोतालाई पार्न पराउन माहिर मानिन्छन अहिले सम्म २०० भन्दा वढि स्टेज कार्यक्रम सञ्चालन गरीसकेका दिनेस केहि समय अघाडि रेडियो मध्य तराई निजगढमा कार्यरत थिय । उनी त्यहाँ कार्यक्रम उत्पादक ,प्रस्तोता र प्रविधिक प्रमुखका रुपमा कार्यरत थिय ।
दुधौली नगरपालिका वडा नम्बर ८ का स्थानिय वासीन्दा दिनेस सानो,ठुलो सबै व्यक्ति सगँ सजिलै घुलमिल गर्ने वानीले उनलाई सफल्ताको शिखरमा पु¥याएको हो । आफु पढने कलेज बाट स्टेज कार्यक्रम शुरु गरेका दिनेसले राष्ट्रिय कलाकारको साथ पनि पाईसकेका छन् । विशेष गरी प्रेम कथामा आधारीत कार्यक्रम सञ्चालन गर्न माहिर मानिन्छन उनि स्रोताले पठाएका सत्य प्रेम कथा हरु गहिरो भावानामा डुवेर प्रस्तुत गर्दछन घरी घरी भावमा डुब्दा आखाबाट आशुनै आएको बताउछन रोडियोको सबै काम जानी सकेका दिनेश अब यसै क्षेत्रमा समर्पित हुने उनि बताउछन । २०५३ सालमा दूधौली ८ मा जन्मिएका दिनेस अहिले पढाइको शिलशिलाले यसक्षेत्र बाट भैतिक रुपमा केहि टाढा रहेपनि मानसिक रुपले एकदमै नजिक रहेको बताउछन् । यस क्षेत्रलाई एकदमै सम्झीरहेको बताए । कहिले रेडियोले कामको लागी बोलाए पनि अध्यनले गर्दा नभ्याएको बताउछन । पछि यस क्षेत्रलाई सधै माया गरीरहने उनले बताए ।
यसैगरी पत्रकारीता मार्फत दुधौलीमा राम्रो छवि वनाएका रविन्द्र भट्टराई सागर साहित्यमा पनि उत्तीकै रुचि रहेको बताउछन । दुधौली नगरपालिका वडा नम्बर ९ मा २०५२ साल पुष २९ गते जन्मिएका रविन्द्र भट्टराई गाउमा सागर नामले चर्चित छन उनको घर दुधौली नगरपालिका वडा नम्बर ९ तिताकुनीमा पर्छ । २०६९ सालमा काठमान्डैँमा रहेको रोडियो राजधानी बाट सञ्चार क्षेत्रमा पहिलो पाहिला टेकेका उनि रेडियो राजधानीमा रेडियो टेक्नीसियनमा कार्यरत हुदै काठमान्डैँको त्रिपुरेश्वरमा रहेको नेपाल वाणि नेट्र्वकमा साहित्य कार्यक्रम सञ्चालन सगैँ समाचार शाखामा काम गरेका हुन । रविन्द्र विगत २ वर्ष देखि अनलाईन पत्रिका दुधौली खबर डट कमका संयोजक पनि हुन हास्यात्मक शैलिमा बोल्दै रविन्द्र समाचार संकलन गर्दा कति कुटाई दखाइयो ति सबै आफ्नो सफलताको विन्दु रहेको वताउछन् । पत्रकारीतामा झन्डै ४ वर्ष बिताई सकेका रविन्द्र हाल उदयपुर कटारी मा रहेको युके एफ एम मा समाचार संयोजकको रुपमा कार्यरत छन् ।
र यसैगरी रेडियो जनकपुर जनकपुर वाट सञ्चार क्षेत्र लाई अंगालेका अर्का व्यक्ति राजिब महत्तो पनि हाल उनी सञ्चार क्षेत्रबाट ओजेल परी सरकारी जागिरे भएपनि उहाँ भन्नु हुन्छसंञ्चार क्षेत्रलाई विर्सन सक्तीन , यस्तै सञ्चार क्षेत्र बाट चर्चित नाम हो रोहित भट्टराई उनी अहिले सञ्चार क्षेत्रबाट अलिक टाडा भएपनि उनले यस्लाई अब निरन्तरता दिने बताए , उनले वेग पत्रिका बाट पत्रकारीतामा प्रवेश गरे सगैँ रेडियो जनकपुर जनकपुरबाट आफ्नो आवाज श्रोता माझ पु¥याउथेँ भने त्यसलगतै उनले युके एफ एम कटारी बाट पनि आफ्नो आवाज श्रोता माझ पु¥याएका हुन तर अहिले संञ्चार क्षेत्र बाट अलि टाडा रहेका छन ।
दुधौली नगरपालिकाका संञ्चार क्षेत्रमा लागेका अरुपनि छन जस्मा मनिषा रसाईलि, मुना रसाईलि,नारायण अधिकारी यस्तै गरी भर्खरै ताते ताते गरेर हिडे्दै गरेको दुधौली साप्ताहिक का सम्पादक दिपेन्द्र वढाथोकि लगात अरु धेरैको यहाँ नाम छुटेको छ तर दुधौलीमा यस्ता मान्छे पनि छन जुन यस क्षेत्रलाई वुझेका छैनन् ।