बाराको निजगढमा सञ्चालित बृहत् खेलकूद महोत्सवमा  सम्पन्न भलिबल प्रतियोगिताको दोस्रो दिन तर्फको पहिलो  खेलमा लफा क्लब खैरा र डुमरवाना कलेज डुमरवाना  र दोस्रो तर्फको खेलमा अवतार युवा क्लब निजगढ र अवतार युवा क्लव निजगढ र अनेरास्बियु क्षेत्र न . ६ बारा खेलेका थिए । प्रतियोगिताको पहिलो खेलमा लफा क्लब खैराले आफ्नो जित हात पारेको छ । त्यस्तै दोस्रो खेलमा अवतार युवा क्लव निजगढले आफ्नो जित हात पारेको छ। खेल निर्माणधि गौरी शँकर क्यापस चौरमा भईरहेको छ ।

भलिबल खेलमा रोहितकुमार कार्की र रामशरण सुवेदीले रेफ्रिको भूमिका निर्वाह गरेका थिए , भने   बिहीवार हुने ए समूहको पहिलो चरणको सेमिफाइनल खेल कोल्भी युवा क्लब र लाफा युवा क्लब खैराबीच हुने आयोजक क्लबका सदस्य हेमलाल श्रेष्ठले बताए ।    बृह्त् खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगिता पनि हुने सो खेल संयोजक वैकुण्ठ घिमिरे र आयोजक क्लबका अध्यक्ष जीतसिंह लामाले निजगढ डट कमलाई जानकारी दिए । फूटबलको सेमिफाइनल भने शुक्रवारदेखि शुरु हुने खेल सँयोजक निर्मल लामाले बताउनु भएको छ ।