निजगढमा वामगठबन्धनको घरदैलो गर्दै आशिर्वाद लिदै

स्थानिय समाचार

141 Views

वामगठबन्धन संयोजन समिति निजगढले निजगढ नगरपलिकाका विभिन्न वडामा आज बिहानबाट शुरु गरेको घरदैलो, कोण सभा कार्यक्रम दिनभरी नै जारी राखेको छ । वडा नम्बर ७ को भमरा पुलबाट सुरु भई नेत्रोदय स्कुल बाल विकास स्कुल, वडा नम्बर ६ को योजना टोल, भमरा टोल, हुँदै वडा नम्बर ५ को गैरी गाउँ, शिखर बस्ती ,वडा नम्बर ४ शहिद पार्क नयाँ बस्ती पूरानोटोल हुँदै वडा नम्बर ५ को मदनआश्रित चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

107 barsa aama sanga achyut mainali
कार्यक्रममा बारा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनाली, प्रदेश सभा सदस्य उम्मेदवार त्रिलोकी चौधरी लागायत वाम गठबन्धनका कार्यकर्ताको सहभागिता रहकोे संयुक्त वामगठबन्धका निर्वाचन परिचालन कमिटी सदस्य थानेश्वर सापकोटाले जानकारी दिनु भयो । कार्यक्रममा एमाले र माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा आज बिहानै भमरा पुलमा संयुक्त बाम गठबन्धनका कार्यकर्ताहरुले प्रचण्ड पूत्र स्वर्गिय प्रकाशलाई श्रदाञ्जली पनि व्यक्त गरेका छन् । त्यसैगरी गठबन्धनले हिजो क्षेत्र नंम्बर एकको निजगढ नगरपालिकाको १,२ र ३ नम्बर वडामा घरदैलो कार्यक्रम गरेको थियो । कोण सभामा बोल्दै उम्मेदवार अच्युत मैनालीले क्षेत्रका जनता वाम शक्तिको पक्षमा रहेकाले आफनो विजयी सुनिश्चित भएको बताए । उनले देश भरी नै गठबन्धनका उम्मेदवारहरुले जित्ने र भावी सरकार पनि बामपन्थीहरुकै बन्ने दावी गरे ।
bam achyut mainali ko