जनताको भावना वुझ्न वामगठबन्धनका उमेद्वार घर घरमा घरदैलो गर्दै

स्थानिय समाचार

93 Views

संयुक्त वामगठबन्धन चुनाव प्रचार संयोजन समिति निजगढले आज निजगढ नगरपलिकाको वडा नम्बर ५, ६, ७ र ८ का विभिन्न टोलमा घरदैलो र कोण सभा कार्यक्रम गरेको छ ।
बिहान ७ बजे शहिद चोकबाट शुरु भएको सो कार्यक्रम लिचिटोल, माझीटोल, धियालटोल, औतारटोल हुदै वडा नं. ५ को पुर्वटोलबाट, शान्तिटोल हुदै वडा नं. ६ को कृष्ण मन्दीर भएर सडकटोल हुदै राजमार्गस्थित शहिद चोकमा पुगेर कोण सभामा परिणत भएको प्रचार समितिका सदस्य थानेश्वर सापकोटाले जानकारी गराए ।
कार्यक्रममा बारा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य उम्मेदवार अच्युत मैनाली, प्रदेश सभा सदस्य उम्मेदवार त्रिलोकी चौधरी लगायत वाम गठबन्धनका कार्यकर्ताको सहभागिता रहेकोे थियो ।

हेर्नुहोस फोटो फिचर

bam nijgadh ma vote magdai

bam nijgadh ma vote magdai1bam nijgadh ma vote magdai2bam nijgadh ma vote magdai3bam nijgadh ma vote magdai4