You are here
Home > स्थानिय समाचार > सेवा वचतको चौथो साधारण सभा सम्पन्न

सेवा वचतको चौथो साधारण सभा सम्पन्न

48 Views

     सेवा वचत तथा ऋण सहकारी संस्था निजगढको चौथो बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।

उद्योग बाणिज्य संघ निजगढको सभा हलमा भएको सो साधारण सभामा निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल, उपमेयर लिलादेवी खनाल, वडा नम्बर ८ का वडा अध्यक्ष टेकबहादुर लामा, वडा नम्बर ९ का वडा सदस्य न्यौपानलाई सम्मान गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याए बापत ‘निजगढ सेवा प्रतिभा’ पुरस्कारबाट गौरीशंकर उमाविका पुर्व प्राचार्य सुदर्शन कोइरालालाई नगद ५ हजार १ सय सहित सम्मान गरिएको थियो । कार्यक्रममा बचतकर्ता कुमार खडका, धर्मेन्द्र साह, प्राश्ना लामा, राजकुमार पोखरेल र संचारलक समितिका पुर्व उपाध्यक्ष शंकर थोकर, पुर्व कोषाध्यक्ष टिकाराम पराजुली र पुर्व संचालक समिति सदस्य बेदबहादुर लामिछानेलाई सम्मान गरिएको थियो ।

निजगढ नगरपलिकाका मेयर सुरेश खनाल, उपमेयर लिलादेवी खनाल, शुभारम्भ सहकारीका अध्यक्ष मणिश्वर घिमिरे, गौरीशंकर उमाविका प्राचार्य रामकुमार शर्मा, सुदर्शन कोइरालाले संस्थाको प्रगतिको लागि शुभकामना दिएका थिए । संस्थाले बार्षिक करिव ४ करोड २८ लाख बराबरको कारोवार गर्दै अएको छ। संस्थाका अध्यक्ष सुशील खनालको अध्यक्षमा भएको सो कार्यक्रममा उपाध्यक्ष नवराज तिमल्सिनाले स्वागत मन्तव्य दिएका भने कार्यक्रमको सचालान इन्द्र खडकाले गरेका थिए ।

sewa bachat

Top