सुर्यको सयौ चोटमा युभाषले यस्तो गरे

भिडियो

292 Views

सानैदेखि गीत संगीतमा रुचि भएका मकवानपुरमा जन्मेका गायक सुर्य रुम्बा नेपाली साङ्गितिक क्षेत्रका लागि कुनै नौलो नाम होइन।

भनिन्छ नि जहा इच्छा त्यहा उपाय आफ्नो गीत संगीतमा केही गर्ने मनसायले उनलाई काठमाडौ सम्म डोर्यायो .सबैको सपनाको सहर काठमाडौ त्यति सहज पनि थिएन तर आफ्नो दिदी भिनाजु काठमाडौमा भएकालेे  उनलाई  गार्हो भएन । संगीत सिक्ने उदेश्यले उनी ललितकला क्याम्पसमा भर्ना भए त्यहा उनले  संगीतका बारेमा धेरै बुझ्ने मौका पाए अनि २०६६ सालमा शास्त्रीय संगीतमा बि म्युज पनि पास गरे त्यो बिचमा आफ्नो जिल्ला लगायत काठमाडौ अन्य जिल्लाहरुको विभिन्न कार्यक्रमहरुमा आफ्नो प्रस्तुति दि रहे । २०६६ सालमै उनलेे म्युजिक ड्टकम मार्फत पहिलो एल्बम – नाम बजारमा ल्याए मारुनी बोलको गीतले त्यो बेला चर्चा पनि पायो श्रोताले निकै रुचाए पनि । २०६८ सालमा उनको मित्र चेतन राईसंगै मिलेर चलचित्र सन्सार आफ्नैमा फुलै फुल छ यहाँ बसन्तमा बोलको गीतमा संगीत पनि दिए जस्मा सनुप पौडेल र सबनम गुरुङ्गले आवाज दिएका छन । sayau chot bishal surya

गीतमा चलचित्रका नायक गोबिन्द शाही नायिका झरना थापाले अभिनय गरेका छ्न ।गीत अनि चलचित्रले पनि चर्चा पायो त्यस पछी २०७१ सालमा एसियन म्युजिक मार्फत दोस्रो एल्बम – लक बजारमा ल्याए सबै गीत आफ्नै शब्द ,संगीत आवाजमा प्रस्तुत भए लक मार्फत । सोही एल्बमको  भिडियो ॐ माने पेमे , लुकी लुकी र एकदिनमा भुकम्प पछिको अवस्था चित्रण गर्ने भिडियो पनि सार्बजनिक गरेका छन हाल दक्षिण कोरियालाई कर्मथलो बनाउदै आएका गायक रुम्बा नेपाली संगीतलाई त्यतिकै माया गर्दै नया गीतको तयारी गर्दै छन सरल ब्यबहारका कारण पनि सबै माझ भिज्न खोज्दै अनि भैज्दै छन गायक रुम्बा भाइरल गीत भन्दा पनि गीत ले मान्छेको मन मस्तिस्कमा छोओस उनि चाहन्छन सस्तो लोक प्रियता नचाहने रुम्बाले भर्खरै मात्र दोश्रो एल्बममा समाबेश भाको मार्मिक गीत  सैयौ चोट बोलको गीतको भिडियो रौतहट अनलाईन टिभी युत्युब च्यानल मार्फत सार्बजनिक गरेका छन गीतमा आफ्नै शब्द ,संगीत ,आवाज रहेको छ भने गीतलाई अमोस तामाङले संगीत सम्योजन गरेका छन । कोरिया र नेपालमा खिचिएको भिडियोमा मोडेलहरु युभास श्रेष्ठ र रबिना श्रेष्ठको अभिनय रहेको छ । भिडियोलाई किशोर आत्मनले खिचेका छन भने बिशाल राज राईले निर्देशन गरेका छन । उनि यो भिडियोबाट आशबादी छन सदैब गीत संगीत मै लागिरहने गायक रुम्बाले बताए ।
हेरौ भिडियो ।