निजगढमा चिसो बढे संगै दाउरा वितरण

स्थानिय समाचार

77 Views

निजगढ ,

चिसो बढदै गएपछि नगरपालिका कार्यालय, नेपाली सेना र सामुदायिक वन उपभोक्ता समुहले निजगढमा आगो ताप्ने दाउरा वितरण जारी राखेको छ । बाक्लो शितलहरले जनजिवन प्रभावित बनेपछि नगरपालिका कार्यालयले बिहिबार नगरका विभिन्न स्थानमा आगो  ताप्ने दाउरा वितरण गरेको कार्यालयका सुचना अधिकृत नविन खनालले जानकारी दिए ।

यसअघि बुधबार नेपाली सेनाको विकास निर्माण महानिर्देशनालय निजगढ क्याम्प र बकैया नागमणी सामुदायिक वन उपभोक्ता समितिले निजगढ नगरपालिका विभिन्न स्थानमा आगो ताप्ने दाउरा वितरण गरेको थियो । काठमाण्डौं निजगढ दु्रतमार्ग निर्माणको क्रममा खटेको सेनाको टोलीले वन उपभोक्ता समितिसंग समन्वय गरेर २ ट्याक्टर दाउरा वितराण गरेको हो । सेनाले फास्ट्टयाकको रेखाङ्गकनभित्र परेका रुख कटानको क्रममा उत्पादन भएको दाउरा जाडो प्रभावित पुर्वपश्चिम राजमार्ग क्षेत्रका चोक÷चौतारामा पुर्याएर वितरण गरेको हो ।

daura bitaran@ nijgadh

जोडोले जनजिवन प्रभावित बनेपछि स्थानीयको राहतको लागि दाउरा वितरण गरिएको नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाले जानकारी दिए । उनले सेनाले कटान गरेको रुखबाट निस्केको दाउरा सामुदायिक वन उपभोक्ता समुहसंग समन्वय गरेर वितरण गरेको बताए ।