सेना द्वारा काठ दाउदा वन समुहमा हस्तान्तरण

स्थानिय समाचार

217 Views

दु्तमार्ग निर्माणको क्रममा कटानमुछन भएका काठ÷ दाउरा एक कार्यक्रम बीच नेपाली सेनाले शनिबार जिल्ला वन कार्यालय र सम्बन्धित वन समुहमा हस्तान्तरण गरेको छ ।kath hastantran 2

सेक्टर वन कार्यालय तामागढीमा नेपाली सेनाका सहायक रथी भरतबहादुर खडकाको अध्यक्षतमा भएको सो कार्यक्रममा सडक रेखाङ्गनमा परेका रुख काटने क्रममा निस्केको काठ÷दाउरा सम्वन्धित कार्यालय र समुहको जिम्मा लगाएको हो । सो अवशरमा सेनाले निजगढ नपा १० स्थित जनहित सामुदायिक वन समुहका अध्यक्ष ज्ञानबहादुर मोक्तानलाई ४ सय १५ थान गोलीया, १७ चट्टा दाउरा जिम्मा लगाएको थियो भने निजगढ नपा ८ को नागमणी वन समुहका अध्यक्ष रवि दङ्गाललाई १ हजार ५ सय ३ थान गोलिया र ४० चट्टा दाउरा समुहका अध्यक्ष रविराज दङ्गालको जिम्मा लगाएको  छ ।

त्यसैगरी कछडिया वन समुहको ७ सय ३६ थान गोलिया र १९ चट्टा दाउरा र राष्टिय वन क्षेत्रबाट उत्पादन भएको ८ सय ७९ थान गोलिया र १७ चट्टटा दाउरा सेक्टर वन कार्यालयका प्रमुख मन्जुर अहमदको जिम्मा लगाएको छ ।
२ नम्बर प्रदेशमा बारा जिल्ला क्षेत्र नं. १ क बाट निर्वाचित प्रदेश सभा सदस्य त्रिलोकी चौधरीको प्रमुख आतिथ्यतमा भएको सो कार्यक्रममा वन समुहका पदाधिकारी, वन कर्मचारी र नेपाली सेनका अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको  थियो । सडक निर्माणको जिम्मा पाएको सेनाले निजगढस्थित ३ सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रबाट ४ हजार रुख कटान गरेको थियो । सेनाले गत मंसिर २७ गतेबाट रुख कटान शूरु गरेको थियो ।

kath hastantran