प्रि – होली कन्सर्ट ४ हुदै

स्थानिय समाचार

76 Views

निजगढ प्रि – होली कन्सर्ट ४ यहि फाल्गुन १२ गते हुने भएको छ । निजगढमा रहेको सामाजिक संस्था युथ अफ निजगढले प्रत्येक बर्ष यस्ता कार्यक्रम गर्ने गरेको छ । प्रत्येक बर्ष झै यो बर्ष पनि युथ अफ निजगढले सो कार्यक्रम भव्यताको साथ मनाउने बताउछन संस्थाका अध्यक्ष उत्सब श्रेष्ठ ।

pre holi 4

कार्यक्रममा चर्चित गायक सुगम पोखरेल , चर्चित गायिका मेलिना राई , चर्चित गायक तथा मोडल दुर्गेश थापा , चर्चित हास्यकलाकार जोडी ककरच बले र स्थानिय ब्यान्ड र निजगढ कला केन्द्रको धमाकेदार प्रस्तुती रहनेछ । कार्यक्रम निजगढ गौरीशंकर मा वि ८को प्राङगणमा फाल्गुन १२ गते दिउसो १२ बजेबाट हुने बताउछन संस्थाका सहसचिब तथा कलाकार संयोजक रमेश अघिकारीले निजगढ डटकमलाई  बताउछन ।

कार्यक्रमको मिडिया पार्टनरमा रेडियो मध्य तराई , रेडियो निजगढ १०७.२ मेघा हर्ज , निजगढको अखबार , निजगढ समाचार ,  निजगढ टिभी (Youtube) रौतहट अनलाईन टिभी , विशेष्ता क्रियशन र निजगढ डट कम रहेका छन ।