एस एल सी २०४७ले गौरीशंकर ८का शिक्षकहरुलाई पन्चेबाजा सहितले सम्मान गरे

स्थानिय समाचार

44 Views

हामीले गुरुलाई गुरु पुर्णीमामा सम्मान गरेको देखीरहेका छौ र गरीराखेका पनि छौ तर बाराको एक विद्यालयमा भने आफ्ना शिश्यहरुले गुरुहरुलाई अनौठो प्रकारले गुरु पुर्णीमामा बाहेको दिन गरेका छन । निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरी शंकर माध्यमिक विद्यालयबाट २०४७ सालको एस एल सी व्याचका विद्यार्थीहरुले हिजो गुरु सम्मान तथा मित्र मिलन कार्यक्रम गरेका छन ।. सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामकुमार शर्मा दाहाल सहित पुर्व प्रअ कृष्णप्रसाद उपाध्याय, सुदर्शन कोइराला, शिक्षक नागेन्द्र साह, नागेश्वरलाल कर्ण, नारायण प्रसाद लामिछाने, हिरालाल यादव, श्यामकुमार शर्मा दाहाल, हरिनारायणलाल कर्ण, देवबहादुर वाइवा, बलराम ठाकुर, ज्ञानप्रसाद मैनाली, गंगाप्रसाद साह, गोमाकुमारी तिमल्सिना, प्रभाकर लामिछाने, तथा विद्यालयका कर्मचारी चन्द्रप्रसाद दहाल र दुर्गाप्रसाद धिताललाई सम्मान सहित पन्चेबाजा बजाएर नगरपरिक्रम गराइएको थियो . सोही कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनाल र लिलादेवी लामिछानेलाई पनि सम्मान गरिएको छ . मातापिता र ग’?को सम्मान गर्न’ सभ्यताको परिचय भएको भन्दै विद्यालयका शिक्षकहरुको सम्मान गरिएको आयोजक समतिका सदस्य घनश्याम तिमल्सिनाले जानकारी दिए । कार्यक्रम पछि शिश्यहरुले गुरुहरुलाई पन्चेबाजा सहित नाच्दै निजगढ शहिदचोक सम्म र पछि निजगढ ४ स्थित मोहोरीमा वनभोज कार्यक्रम समेत आयोजना गरिएको थियो । विद्याथीहरुको सोही समुहले हिजो शुक्रबार ३ नम्बर प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेललाई हेटौंडामा सम्मान गरेका थिए । हामीले सम्मान पछि गुरु शुदर्शन प्र कोईरालाई सोधेका थियौ कि कस्तो महसुस गर्नु भयो भनेर वहाँले भन्नु भयो चेलाहरुको यो कार्यक्रमा आफु मात्र नभएर सम्पुर्ण गुरुहरुको शिर ठुलो भएको र करिब २६-२७ बर्ष पछि ७०-८० जना विद्याथीहरुलाई भेटन पाउदा खुसी महसुस भएको बताउनु भयो ।