एपिएफ पिलुवाको फाइनल यात्रा सुरक्षित ( भिडियो सहित)

भिडियो स्थानिय समाचार

102 Views

प्रलाद तिमल्सिना – ३० फागुन , निजगढ ।

बाराको निजगढमा संचालन भइरहेको चौथो  निजगढ गोल्डकप प्रतियोगिताको बुधबार सम्पन्न सेमिफाइनल खेलबाट एपिएफ पिलुवाले आयोजक निजगढ युवा क्लब लाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरेको छ ।

एपीएफको विजयीमा नायक बनेका दिनेश हेम्जनले नै दुवै गोल गरेका थिए । खेलको ३९ औ मिनेटमा डिबक्स छेउमा प्राप्त फ्रिकिकलाई सिधै गोलमा परिणत गर्दै हेम्जनले एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता लिएको एपीएफका लागि ७६ औं मिनेटमा पुनः होम्जनले नै गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । खेलको म्यान अफ द म्याच एपीएफका हेम्जनलाई निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतचन्द्र अधिकारीले नगद सहित ट्रफि हस्तान्तरण गरे ।

प्रतियोगिता अन्र्तगत विहीबार फाईनल प्रवेशका लागि दोस्रो सेमिफाईनल खेलमा चौधरी–११ बारा र हर्दि यूवा समाज चितवनका विच प्रतिस्पर्धा हुने आयोजक क्लबका सहसचिव निरज कुमरले जानकारी दिए ।  चैत ३ गते सम्म चल्ने खेलमा   विजेताले नगद १ लाख र उप विजेताले ५० हजार पुरस्कार प्राप्त गर्ने छन ।

खेलको भिडियो हेरौ र च्यानललाई Subscribe पनि गरौ ।