You are here
Home > खेलकुद > निजगढ गोल्डकप फुटबलको आज फाइनल खेल हुदै | जित्नेले १ लाख रुपैया पाउने

निजगढ गोल्डकप फुटबलको आज फाइनल खेल हुदै | जित्नेले १ लाख रुपैया पाउने

63 Views

नेपाल आईस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागी आज दिउसो विभागीय टिम सशत्र प्रहरी बलको भद्रकाली गण पिलुवा र चौधरी ११ बारा विच प्रतिस्पर्धा हुदै छ ।

साविक उपविजेता चौधरी ११ बारा र भद्रकाली गण पिलुवाको टोली उपाधि भिडन्तमा पहिलो पटक आमनेसामने भएका हुन । निजगढ–४ स्थित कछाडिया खेल मैदानमा दिउसो २ बजेबाट दुई टोलीबीच खेल शुरु हुने आयोजकले जानकारी दिएको छ । एपिएफले आयोजक निजगढ युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको थियो भने चौधरी ११ ले हर्दि युवा समाज चितवनलाई ४–२ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगिताको पहिलो संस्करण नवजनजागृति युवा क्लव सिमराले जितेको थियो भने दोस्रो र तेस्रो संस्करण भने मकवानपुर ११ ले हात पारेको थियो ।
१० टिमको सहभागिता रहेको प्रतियोगितामा बिजेताले नगद १ लाख रुपैया सहित ट्रफी प्राप्त गर्ने छ भने उपविजेताले नगद ५० हजार र ट्रफी प्राप्त गर्ने छ । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई जनही नगद ३ हजारका साथै ट्रफी पाउने छन । विजेता र उपविजेता टोलीलाई युवा तथा खेलकुद पुर्व मन्त्री एंव पुर्व संविधान सभा सदस्य पुरुषोत्तम पौडेलले पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको अयोजक समितिका सदस्य एंव निजगढ नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम कुवरले जानकारी दिए ।

 

 

Top