चौथो निजगढ गोल्डकप फुटबलको उपाधी बारा ११को हातमा (भिडियो सहित)

खेलकुद स्थानिय समाचार

189 Views

नेपाल आईस चौथो निजगढ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि बारा ११ ले हात पारेको छ । सशस्त्र प्रहरीको बल भद्रकाली गण पिलुवा बारालाई १÷० ले पराजित गर्दैै साविक उपविजेता बाराले उपाधिमा कब्जा जमाएको हो । निजगढ नगरपालिका –४ कछडिया खेल मैदानमा भएको खेलमा बारा ११ का गजेन्द्र चौधरीको एक मात्र गोल जितको लागि निर्णायक बन्यो । प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोल गर्ने दर्जनौं मौका खेर फालेका थिए । बारा ११ ले प्रतियोगिताको शिल्ड सहित एक लाख रुपैया हात पारेको छ भने उपविजेतामा चित्त बुझाएको एपीएफले ५० हजार प्राप्त गरेको छ ।

क्षेत्रिय स्तरमा यो बर्ष भएका प्रतियोगितामा बारा ११ को यो तेस्रो उपाधिमाथि जित हो । यस बर्ष पिपरा गोल्डकप र पर्सागढी गोल्डकपको उपाधि जितेको बाराले पछिल्लो पटक निजगढ गोल्डकपमा पनि कब्जा जमाएको छ ।

निजगढ गोल्डकपको फाईनलमा पुगेको तेस्रो पटक बाराले उपाधि चु्मेको हो । गत वर्ष मकवानपुर ११ संग पराजित हुदै बाराले उपविजेताको रुपमा चित्त बुझाएको थियो । निजगढ गोल्डकपमा मकवानपुर ११ सर्वाधिक सफल टिम हो । यस अघि ३ सस्करणमा २ वटा उपाधि जित्ने मकवानपुर ११ एक्लो टिम हो ।

बारा ११ का कृष्ण शाक्य प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ७ हजार सहित ट्रफि हात पारे । प्रतियोगिताको उत्कृष्ट गोल रक्षकको उपाधि बाराकै दिलमणी चौधरी, उत्कृष्ट डिफेन्सको उपाधि एपीएफका अनिल पटेल र सर्वाधिक गोलकर्ताको उपाधि बारा ११ का चतुर्धन चौधरी घोषित भए । विधागत उत्कृष्ट खेलाडीले किपरको जनही नगद ३ हजारका साथै ट्रफी पाए । फाईनल खेलको म्यान अफ द म्याच चौधरी ११ का गजेन्द्र चौधरी घोषित भए । उनले नगद १ हजार सहित ट्रफी हात पारे । विजयी टोली तथा खेलाडीहरुलाई युवा तथा खेलकुद पुर्व मन्त्री पुरुषोत्तम पौडेलले ट्रफी तथा पुरस्कार वितरण गरेका थिए । समापन कार्यक्रममा युवा तथा खेलकुद पुर्व मन्त्री पौडेल, निजगढ नगरपालिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल, जिल्ला शिक्षा अधिकारी लालबाबु साह लगायतले सम्बोधन गरेका थिए ।