You are here
Home > खेलकुद > प्रथम कोल्हवी गोल्डकप हुदै

प्रथम कोल्हवी गोल्डकप हुदै

58 Views

बाराको कोल्हवीमा चैत्र १५ गतेदेखि प्रथम कोल्हवी गोल्डकप हुने भएको छ । आयोजक जनशक्ति क्लब कोल्हवीले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रथम गोल्डकपबारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष त्रियोगि प्रसाद राउत थारुले गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको जानकारी दिए । करिव २८ लाखको लागतमा हुन लागेको गोल्डकपको लागी कोल्हवी नगरपालिकालेसमेत आर्थीक सहयोग गर्ने भएको छ । गोल्डकप सफल बनाउन नगरपालिकाले २० लाख सहयोगको घोषणा गरेको क्लबका अध्यक्ष थारुले जानकारी दिए ।

गोल्डकपमा आयोजक जनशक्ति कल्ब कोल्हवीसहित नेपाल पुलिस भरतपुर, एफ्सी हेटौडा, निजगढ युवा कल्ब, बिरगंज युथ क्लब, नव जनजागृति युवा क्लब सिमरा, एफ्सी बैंखरी महोत्तरी, बिएफ्सी भरतपुर, लहान ११ र बारा ११ को सहभागीता रहनेछ । गोल्डकपको बिजेताले एक लाख पचास हजार तथा उप–बिजेताले ७५ हजार रुपैया नगद पाउने अध्यक्ष थारुले जानकारी दिएका छन । पत्रकार सम्मेलनमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम बहादुर सिंह, तामागढी साझेदारीका अध्यक्ष रबिन्द्र पनुहर, कोल्हवी उद्योग वाणिज्य संघका अध्यक्ष महेश कुमार साह, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का अध्यक्ष विरेन्द्र प्रसाद चौधरी, वडा नम्बर ११ का अध्यक्ष नन्दकिशोर चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Top