You are here
Home > समाचार > रुदै बंगलादेशले आफ्ना नागरिकको शव आज लादै

रुदै बंगलादेशले आफ्ना नागरिकको शव आज लादै

29 Views

यूएस–बंगलाको बिमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका बंगलदेशी नागरिकको शव सोमबार (अाज) काठमाडौंबाट ढाका लगिँदैछ ।
ती शवहरुलाई बंगलदादेश सैनिक रंगशालामा राखिने र प्रधानमन्त्री शेख हसिनाले श्रद्धान्जली दिने कार्यक्रम रहेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

‘२३ जना बंगलादेशी यात्रुहरुको शव बंगलादेश एयर फोर्सको कार्गो विमानद्वारा दिउसो ३ बजे ढाकामा ल्याइने छ र ४ बजे बंगलादेश आर्मी स्टडियममा राखिने छ । त्यहाँ प्रधानमन्त्रीको उपस्थिति रहनेछ,’ बंगलादेशी सेनाको न्यूज एजेन्सी आइएसपीआरका सहायक निर्देशक रेजाउल करिमले सोमबार बिहान भने ।

श्रद्धान्जली समारोहपछि ती शवहरु आफन्तलाई हस्तान्तरण गरिने उनले जानकारी दिएका छन् ।

यूएस बंगला एयरलाइन्सको बीएस२११ बिमानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरका क्रममा आगो लागेको थियो । घटनामा २६ जना बंगलादेशी २२ जना नेपाली र एक चिनीयाको मृत्यू भएको छ । २६ बंगलादेशीमध्ये २३ जनाको सनाखत भएको छ भने बाँकी सनाखतको प्रक्रियामा छन् ।

यसैगरी, १० जना घाइते बंगलादेशीमध्ये २ जनालाई सिंगापुर लगिएको छ भने ६ जना ढाका मेडिकल कलेज हस्पिटलमा उपचाररत छन् । यस्तै, एक जनालाई दिल्ली लगिएको छ ।

Top