बाराका नेता अच्युत मैनाली प्रधानमन्त्रीका सल्लाहकार

स्थानिय समाचार

162 Views

बाराका प्रभावशाली नेता  अच्युत मैनालीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सल्लाहकारमा नियुक्त गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले  पत्रकार कुन्दन अर्याल रअर्याललाई प्रेस सल्लाकार मैनालीलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा अामसञ्चार केन्द्रीय विभागका उपप्राध्यापकमा कार्यरत छन् । मैनाली बारा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार  भएका थिए ।

अर्याल यसअघि नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्ष र महाप्रबन्धक पनि भएका थिए । दुवै सल्लाहकारलार्इ राज्यमन्त्री सरहकाे सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो । प्रेस सल्लाहकार बनेका अर्याल लामो समयदेखि पत्रकारितासँगै एनजिओ/आईएनजिओमा सक्रिय व्यक्ति हुन् ।