उपमेयरले गर्नुभयो एसइइ परीक्षा२०७४को अनुगमन

स्थानिय समाचार

210 Views

निजगढ नगरपालीकाकी उपमेयर लिला देवि लामिछाने ( खनाल) द्वारा निजगढमा रहेका एसइइ परीक्षा २ केन्द्रहरुमा मंगलबार विहान ८ः०० बजेदेखि शुरु भएको परीक्षाको निरीक्षण गर्नु भएको थियो । यसै गरी निरिक्षणको क्रममा शैक्षिक तालिम केन्द्र कलैयाका भगीरथ झाले पनि दुवै केन्द्रहरुको निरीक्षण गर्नुभएको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक दिपक राय तथा निजगढ नगरपालिकाका सूचना अधिकृत नविन खनाल लगायतले उक्त एसइइ परीक्षा केन्द्रहरुको अवलोकन गर्नु भएको जानकारी श्री गौरीशंकर मा.वि.निजगढ ८ र श्री गौरीशंकर मा.वि.निजगढ ६,सडकटोल केन्द्रहरुका केन्द्राध्यक्षहरु क्रमशः रामकुमार शर्मा दाहाल तथा यादव कुमार तिमल्सिनाले जानकारी दिनु भएको हो ।

निजगढको दुबै केन्द्रहरुमा एसइइ परीक्षा २०७४ शान्तपूर्ण वातावरणमा मर्यादित र अनुशासितढंगले संचालन भएको निजगढ नगरपालिकाकी उपप्रमुख लामिछानेले बताउनु भएको छ ।

श्री गौरीशंकर मा बि निजगढ ८ केन्द्रमा आज मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षामा ३ शय ७४ जना विद्यार्थीहरुको उपस्थिति रहेको जानकारी सहायक केन्द्राध्यक्ष रुद्र धितालले जानकारी दिनु भएको छ भने श्री श्री गौरीशंकर मा.वि.निजगढ ६ सडकटोल केन्द्रमा हिजो मंगलबार अनिवार्य विज्ञान विषयको परीक्षामा २ शय २१ जना विद्यार्थीहरुको उपस्थिति रहेको जानकारी केन्द्राध्यक्ष यादवकुमार तिमल्सिनाले जानकारी गराउनु भयो । र भोली अनिवार्य सामाजिक अध्ययन विषयको परीक्षा हुदैछ ।