You are here
Home > स्थानिय समाचार > ६१औ सहकारी दिवश निजगढमा यसरी मनाईयो । हेरौ पुरा भिडियो

६१औ सहकारी दिवश निजगढमा यसरी मनाईयो । हेरौ पुरा भिडियो

106 Views

निजगढ नगर स्तरीय सहकारी संजालको आयोजनामा दिगो लक्ष्य प्राप्तिको लागि सहकारि भन्ने नाराका साथ आज ६१ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढमा सहकारी झण्डा र ब्यानर सहित लिएर र्याली निकालिएको छ । निजगढको शहीदचोकबाट सुरु भएको र्याली प्रहरी कार्यालय हुँदै बुद्ध चोक पुगेर सनराईज मार्केट अगाडी कोणसभामा परिणत भएको थियो । सहकारी सञ्जाल निजगढको आयोजनामा भएको र्यालीमा निजगढका दर्जनौ बढी सहकारी संस्था सहभागि र सहकारीका शेयर सदस्यहरु समेतको उपस्थित रहेको थियो । सहकारीकर्मीहरु विभिन्न नारा अंकित प्ले कार्ड र ब्यानर सहित सहभागि भएका थिए । विगतका बर्ष देखि डिभिजन सहकारी कार्यालय कैलया बारामा सहकारी दिवस मनाउँदै आएका सहकारीकर्मीले यस बर्ष देखि पहिलो पटक आज आफ्नै ठाँउमा दिवस मनाउन पाएको भन्दै निकै नै खुसी ब्यक्त गरेका छन् । र्याली पछि आयोजित कोण सभालाई प्रमुख अतिथि निजगढ नगरपालिकाका कृषि शाखा संयोजक रामशरण यादब, वडा नं. ७ का वडा अध्यक्ष रामजी प्रसाद बजगाई, लोकप्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अम्विका प्रसाद चौलागाई लगायतले सम्बोधन गर्नुभएको थियो । सञ्जालका अध्यक्ष भोला प्रसाद गौतमको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला दूग्द्य उत्पादन सहकारी संस्थाका अध्यक्ष दिल बहादुर लामा, वडा नं. ९ का वडा अध्यक्ष सुदर्शन प्रसाद बडाल, रेडियो निजगढका अध्यक्ष सुदर्शन प्रसाद कोईराला , वाराका अग्रज पत्रकार गोकुल घोरसाइने, रेडियो मध्यतराईका प्रवन्ध निर्देशक उमेश सुनार, निजगढ डटकमका प्रलाद प्रसाद तिमल्सिना, निजगढ समाचारका कार्यकारी सम्पादक महेश्वर अधिकारी, सहकारी कर्मी सावित्रि भारती र विष्णु नेपाल लगायतको आतिथ्यता रहेको थियो । सो कार्यक्रममा सञ्जालकी सहसंयोजक दुर्गा कोईरालाले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन लोकप्रिय साकोसका ब्यवस्थापक रोशन प्रसाद तिमल्सिनाको गर्नुभएको थियो । कार्यक्रममा विभिन्न संस्थाका उत्कृष्ठ सहकारीलाई सम्मान गरिएको थियो । उत्कृष्ठ सहकारी सञ्चालकको रुपमा सम्मान अवतार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय लामाले प्राप्त गर्नुभएको छ । भने त्यस्तै गरि उत्कृष्ठ कर्मचारी सम्मानमा वागदेव दुग्द्य उत्पादक सहकारी संस्थाका फत्तप्रसाद गौतम र उत्कृष्ठ सहकारीको रुपमा सुनाखरी कृषि सहकारी संस्था रतनपुरलाई सम्मान प्रदान गरिएको थियो । हेरौ पुरा भिडियो

Top