You are here
Home > भिडियो > विकासको कारण स्वस्तिमा खड्का सचिन अधिकारीको अङगालोमा

विकासको कारण स्वस्तिमा खड्का सचिन अधिकारीको अङगालोमा

280 Views

प्रलाद तिमल्सिना, काठमाडौं ।

आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । तिमीबाट बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ ।

अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक बिकास सुवेदीले अभिनेत्री स्वस्तिमा खड्कालाई मोडल सचिन अधिकारीका प्रेमिका बनाईदिएका छन् । रियल लाइफमा निर्देशक निश्चल बस्नेतसँग लगनगाँठो कसेकी स्वस्तिमाले रिल लाइमा सचिनको प्रेमिकाको भुमिका निर्बाह गरेकी हुन् ।

भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन् ।
गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ । भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । यस अगि विकासले सुमग पोखरेलको ताली ठोकौला , शिव परियारको हल्ला हल्लैले लगायतका थुप्रै भिडियोको निर्देशन गरीसकेका छन ।
भिडियो हेर्नुहोस

Top