You are here
Home > खेलकुद > प्रथम निजगढ मेयरकप फुटबल शनिबार बाट हुदै 

प्रथम निजगढ मेयरकप फुटबल शनिबार बाट हुदै 

273 Views

निजगढ नगर स्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुदैछ । निजगढ ११ रतनपुरी स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा संचालन हुने प्रतियोगिताको सम्पूर्ण तयारि पुरा भएको आयोजक निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोले बताउनुभयो । प्रतियोगीतामा निजगढ नगरपालिका भित्रका बिभिन्न ७ वटा वडाका १० वटा क्लवहरुको सहभागिता रहनेछ । प्रतियोगिताको बिजेता टोलीले नगद ५० हजार रुपैया सहित ट्रफी र उपविजेताले नगद ३० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन । तेस्तै प्रतेक दिनको म्यान अफ द म्याच खेलाडीले नगद १ हजार सहित ट्रफी प्राप्त गर्नेछन । निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले उद्घाटन गर्ने प्रतियोगिताको उद्घाटन खेलमा निजगढ वडा नम्बर ८ र वडा नम्बर ११ को रातो टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको भिडियोहरु निजगढ डटकमको युटुब च्यानल Nijgadh TV मा हेर्न सकिने छ ।

Top