प्रथम निजगढ मेयर सुरु (भिडियो सहित)

खेलकुद स्थानिय समाचार

785 Views

निजगढ ।

बाराको निजगढमा नगरस्तरिय प्रथम मेयर कप फुटवल प्रतियोगिता शनिवारबाट सुरु भएको छ । खेलको पहिलो दिनमा ११ नं. वडाको रातो टिमले विजयी सुरुवात गरेको छ । निजगढ ११ रतनपुरस्थित नेपाल राष्ट्रिय माविको खेल मैदानमा आईतबार उद्घाटन खेलमा घरेलु टोलीले ८ नं. वडालाई पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
खेलको निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा वडा नं. ८ का किरण कार्कीले प्रहार गरेको पेनाल्टी पोष्टबारमा लागेर फर्किपछि ११ नंं. वडा विजयी भएको हो । खेलको म्यान अफ द म्याच विजयी टिमका चन्देश्वर कुमर घोषित हुनुभयो ।   प्रतियोगिता अन्तर्गत आईतबार वडा नं. ४ र वडा नं. १२ विच खेल हुनेछ । यस अघि प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुरेश कुमार खनालले रेफ्रिलाई फुटवल प्रदान गरेर गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नगर प्रमुख खनाल, ११ नं. वडा अध्यक्ष प्रेम बहादुर रुम्बा, एन्फा बाराका महासचिव सियाराम कुमर लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
आयोजक नगर स्तरिय मेयर कप सञ्चालक समितिका संयोजक रामकृष्ण प्रसाद गुरोको अध्यक्षतामा भएको कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत चन्द्र अधिकारी, वडा अध्यक्ष मंगले लोप्चन, जयराम कुमर, कुशबहादुर थापा, टेक बहादुर लामा, सुदर्शन बडाल, पदम बहादुर मोक्तान, ज्ञान बहादुर गोले, सुर्य बहादुर घलान, स्थानिय नेता रबिराज दंगाल लगायतको विशेष उपस्थिति रहेको थियो ।

प्रतियोगितामा निजगढ नगरपालिका भित्रका ७ वटा वडाका विभिन्न १० वटा टिमहरुको सहभागिता रहने छ । प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफी र उपविजेताले नगद ३० हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका प्रेस संयोजक नबराज चौलागाईले जानकारी दिए ।

हेरौ पुरा भिडियो ।