You are here
Home > खेलकुद > निजगढ मेयर कपमा वडा नम्बर ४ क्वार्टर फाईनलमा प्रवेश (भिडियो सहित)

निजगढ मेयर कपमा वडा नम्बर ४ क्वार्टर फाईनलमा प्रवेश (भिडियो सहित)

178 Views

निजगढ ।
निजगढ नगरस्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर ४ बिजयी भएको छ ।

वडा नम्बर १२ लाई १ गोलले पराजित गर्दै वडा नम्बर ४ प्रतियोगिताको क्वार्टरफाईनलमा प्रवेश गरेकोछ । वडा नम्बर ४ लाई जित दिलाउनकालागी खेलको ४५ औ मिनेटमा श्याम धामीले गर्नुभएको गोल नै निर्णायक बन्यो . खेलमा एकमात्र गोल गर्न सफल धामी नै खेलको म्यान अफ द म्याच घोषित भए। म्यान अफ द म्याच घोषित धामीलाई वडा नम्बर ११ का वडा अध्यक्ष प्रेम बहादुर रुम्बाले नगद १ हजार प्रदान गर्नुभएकोथियो । प्रतियोगिता अन्तर्गत तेश्रो खेलमा सोमबार वडा नम्बर १ र वडा नम्बर १३ बीच प्रतिस्पर्धा हुनेछ ।

बैशाख ४ गतेसम्म संचालन हुने प्रतियोगिताको बिजेताले नगद ५० हजार रुपैया सहित ट्रफी र उपविजेताले नगद ३० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछन । तेस्तै प्रतियोगितामा प्रत्येक दिन म्यान अफ द म्याच घोषित खेलाडीले नगद १ हजार रुपैया प्राप्त गर्नेछन । वडा नम्बर ११ को नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा संचालन हुने खेल अपरान्ह ३ बजेदेखि शुरु हुनेछ ।
हेरौ पुरा भिडियो ।

Top