You are here
Home > खेलकुद > निजगढ मेयरकप वडा नं ४को जित

निजगढ मेयरकप वडा नं ४को जित

159 Views

विपिन अधिकारी – निजगढ  ,
निजगढ नगरस्तरीय प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि वडा नम्बर ४ ले हात पारेको छ ।
वडा नम्बर ११ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक बिध्यालयको खेल मैदानमा बुधबार सम्पन्न खेलमा वडा नम्बर ११ लाई पराजित गर्दै वडा नम्बर ४ ले उपाधि जितेको हो । वडा नम्बर ४ लाई उपाधि दिलाउनका लागी एक मात्र गोल खेलको ६७ औ मिनेटमा रंजित धामीले गरेका थिए । पहिलो हाफ रोमान्चक बराबरीमा सकिएको खेलको दोश्रो हाफमा सम्हालिन नसक्दा वडा नम्बर ११ ले उपविजेताको रुपमा चित्त बुझाएको हो । उपाधि बिजेता वडा नम्बर ४ ले नगद ५० हजार रुपैया सहित ट्रफी प्राप्त गरेको छ । उपाधि बिजेता वडा नम्बर ४ लाई समापन समारोहका प्रमुख अतिथि निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश कुमार खनालले ट्रफी र चेक प्रदान गर्नु भएको थियो । तेस्तै उपविजेता वडा नम्बर १ ले नगद ३० हजार रुपैया र ट्रफी प्राप्त गरेको छ । उपविजेता वडा नम्बर ११ लाई समापन समारोहका विशिष्ट अतिथि उपप्रमुख लिलादेवी लामिछाने खनालले ट्रफी र चेक हस्तान्तरण गर्नुभएको थियो ।
फाईनल खेलको म्यान अफ द म्याच वडा नम्बर ११ का कृष्ण कार्की घोषित भए भने प्रतियोगिता भरिका सर्वा्धिक गोलकर्ता पनि वडा नम्बर ११ कै अधेपक कुमर घोषित भए ।
फाईनल खेलका म्यान अफ द म्याच घोषित कार्की र प्रतियोगिता भरिका सर्वा्धिक गोलकर्ता कुमरले क्रमशःनगद १ हजार र २ हजार ५ सय रुपैया प्राप्त गरे . गत बैशाख २४ गते देखिशुरु भएको प्रतियोगितामा नागार भित्रका बिभिन्न ७ वटा वडाका १० वटा टिमहरुले प्रतिस्पर्धा गरेका थिए ।

Top