You are here
Home > स्थानिय समाचार > काठमाडौं–निजगढ दु्र्रतमार्गमा अग्ला पुलको संख्या घटाउने

काठमाडौं–निजगढ दु्र्रतमार्गमा अग्ला पुलको संख्या घटाउने

318 Views

सेनाले काठमाडौं–निजगढ दु्र्रतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने विषयमा अध्ययन थालेको छ । सातदोबाटोबाट हेटौंडा जोड्ने कान्ति राजपथसंग केही स्थानमा जुध्ने भएपछि सेनाले त्यसलाई असर नपर्ने र कुल लम्बाइ पनि घट्ने गरी सडक विभागसंगको समन्वयमा तीन किलोमिटरभन्दा बढी सुरुङमार्ग बनाउने योजना बनाएको हो । यसअघि करिब एक दशमलव ५ किमि मात्र सुरुङ बनाउने योजना थियो । यद्यपि सुरुङमार्ग र अग्ला पुल कति बन्ने भन्ने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि मात्रै टुंगो लाग्नेछ । डीपीआर तयार पारेर ठेक्का दिने तयारी भइरहेको सैनिक स्रोतले जनाएको छ । डीपीआर तयार पार्न एक नेपाली सहित १७ कम्पनीले चासो देखाएका छन् । सेनाले भारतीय कम्पनीसंग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) खरिद गर्न खोजे पनि त्यसले अधिक रकम माग गरेपछि नयँ प्रक्रिया सुरु भएको परियोजना प्रमुख उपरथी योगेन्द्र खाँणले जानकारी दिनु भयो ।

Top