सिता हरि प्रतिष्ठान द्वारा मामाघरलाई सहयोग

स्थानिय समाचार

733 Views

सिता हरि प्रतिष्ठान नेपालले निजगढ नगरपालिका १० स्थित हाम्रो मामा घर परोपकारी संस्थालाई वैशाख २० गते साझ शैक्षिक सामाग्री र खाद्यान्न प्रदान गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष नविन गौतमका अनुसार उनका पुजनीय पिता स्वर्गीय हरि प्रसाद गौतमको जन्म दिनको अवशरमा सो सामागग्री प्रदान गरिएको हो । मामा घरमा अध्ययरत विद्यार्थीलाई कापी ५ दर्जन, ५ प्पाकेट पेनसील, इलेजर र कटर १÷१ बक्स, सानो भकुण्डो र चिनी, नुन, तेल जस्ता खाद्यान्न समेत वितरण गरिएको थियो । कार्यक्रमको संयोजक प्रहलाद प्रसाद तिमल्सिनाले गर्नुभएको थियो । सो कार्यक्रममा रन्जन लामिछाने, युनिस न्यौपाने, टिकाराम अर्याल, दिलिप श्रेष्ठ, महेश घिमिरे, अमृत अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानले यस अघि पनि थुप्रै सामाजिक कार्य गदै आएको छ र यसलाई अझ पुन रुपले गर्न संस्थाका महासचिव बिनय गौतमले बताउनु भयो ।